Logo

बजेटका ५ प्रमुख उद्देश्य तय, आर्थिक वृद्धि हासिल गरी गरिबी निवारणमा जोड

बजेटका ५ प्रमुख उद्देश्य तय, आर्थिक वृद्धि हासिल गरी गरिबी निवारणमा जोड



काठमाडौं । आर्थिक वर्षको बजेटका पाँच उद्देश्य रहेका छन् । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा बजेट वक्तव्य बाचन गर्दै पाँच उद्देश्य रहेको बताएका हुन् ।

जसमा पहिलोमा उच्च दिगो एव फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने, दोश्रोमा उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने, तेश्रोमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्नेलगायत छन् ।

यस्तै सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने र गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्ने बजेटका प्रमुख उद्देशय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्