Logo

प्रतितोला १५ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो

प्रतितोला १५ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घट्दै १९ सय ९५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्