काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य भने उकालो लागेर प्रतितोला २ हजार ५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ९५ रुपैयाँमा कारोबार भईरहेको थियो ।