काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँमा झरेको हो ।
यस्तै आज चाँदीको मूल्य भने आईतबारको तुलनामा स्थिर छ । नेपाली बजारमा पछिल्लो २ दिनदेखि चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।