Logo

नार्क सुधारका लागि प्राडा पोख्रेलको संयोजकत्व पुर्नसरचना सुझाव समिति गठन

नार्क सुधारका लागि प्राडा पोख्रेलको संयोजकत्व पुर्नसरचना सुझाव समिति गठन



काठमाडौं । सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनर्सरचनाका लागि प्राडा गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुर्नसरचना सुझाव समिति गठन गरेको छ ।

समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा।डा।ईश्वरी कडरीया र डा।यज्ञ गजाधर खड्का सदस्य रहेका छन् । उच्चस्तरीय समितिका पदाधिकारीहरुलाई पत्र हस्तान्तरण गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नार्कलाई समय सापेक्षरुपमा सुधार गर्न उच्च स्तरीय समितिले उपयुक्त प्रस्ताव पेश गर्ने अपेक्षा व्यक्त गरे ।

समितिलाई ९० दिनको कार्यअवधी दिएको छ । नार्कको हालको संरचनामा देखिएका विविध समस्याका कारण परिषद्को कार्य सन्तोषजनक रहन नसकेको सन्र्दभमा उच्चस्तरीय समिति गठन गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । विगतमा भएका अध्ययनहरुले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्सरचना गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावका आधारमा मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रीपरिषदको हालै वसेको वैठकले स्वीकृती दिएको थियो ।

उच्चस्तरीय समितिलाई नार्कको विगतको उपलब्धि तथा चुनौती र यस अन्र्तगतका ऐन, नियम ,नीति लगायत कानुनी दस्तावेज तथा प्रतिवेदनहरुको समीक्षा गर्ने ,अन्य देशहरुमा यस सम्वन्धी भए गरेका असल अभ्यासहरुको अध्ययन गर्ने , संघीयताको भावना र मर्म अनुरुप समयसापेक्ष रुपमा नार्कलाई रुपान्तरण गर्न , वैज्ञानिकहरुको दीर्घकालीन संलग्ता सुनिश्चित गर्ने रणनीति प्रस्ताव गर्ने लगायतका कार्यक्षेत्र तोकिएको छ । समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्