Logo

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अध्ययन उपसमिति संयोजकमा मञ्जु खाँण चयन

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अध्ययन उपसमिति संयोजकमा मञ्जु खाँण चयन



काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे अध्ययन गर्न बनाइएको संसदीय उपसमितिको संयोजक फेरिएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमिति संयोजकमा नेपाली कांग्रेस सांसद मञ्जु खाँण चयन भएकी छन् । आजको बैठकले उनलाई संयोजक चयन गरेको उपसमितिका सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले जानकारी दिएका छन् ।

विमानस्थल निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचार छानबिन गर्न एमालेका सांसद योगेश भट्टराईको नेतृत्वमा उपसमिति बनाइएको थियो । पूर्वमन्त्री भट्टराई संयोजक रहँदा स्वार्थको द्वन्द्व हुने भन्दै झाले प्रश्न उठाएका थिए । भट्टराईले आफू संयोजक नरहने बताएका थिए ।

लेखा समिति सभापति ऋषिकेश पोखरेलले यसअघिको बैठकमा एमाले सांसद अच्युतप्रसाद मैनालीको नाम प्रस्ताव गरे पनि सहमति जुट्न सकेन । उपसमितिको आजको बैठकले खाँणलाई संयोजक तोकेको हो ।

प्रतिक्रिया दिनुहोस्