Logo

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज बढेर प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ कायम भएकाे हो ।

यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १९ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ७० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्