Logo

नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता, नागरिक पेन्सन योजना संचालन गरिने

नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता, नागरिक पेन्सन योजना संचालन गरिने



काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र ललितपुर गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ ।

नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबाट ५ सय रुपैयाँ र नगरपालिकाका शिक्षक, कर्मचारी कल्याणकारी कोषबाट ५ सय रुपैयाँ थप गरी मासिक १ हजार रुपैयाँ नागरिक पेन्सन योजनामा जम्मा गर्ने विषयमा कोष र नगरपालिकाबीच सम्झौता भएको हो ।
सम्झौतामा नगरपालिकाका तर्फबाट नगर प्रमुख वीरेन्द्र भट्ट र कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले हस्ताक्षर गरेका छन् ।

यस योजनामा सहभागी शिक्षक, कर्मचारी र पालिकाका तर्फबाट जम्मा भएको रकमका आधारमा एकमुष्ठ वा ६० वर्ष पुगेपछि पेन्सन उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्