Logo

निरोगी नेपालको महासंकल्प र कुुष्ठरोग निवारण : प्रधानमन्त्री ओलीको विचार

निरोगी नेपालको महासंकल्प र कुुष्ठरोग निवारण : प्रधानमन्त्री ओलीको विचार



काठमाडौं । कुुष्ठरोगको स्थिति नेपालमा साह्रै भयावह होइन, भयावह छ भन्न मिल्दैन । किनभने विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार यसलाई राष्ट्रियस्तरमा भन्ने हो भने कुुष्ठरोग नियन्त्रण भएको मान्नुु पर्दछ । यहाँ १० हजारमा एकभन्दा तलको संख्यामा यो रोग रहेको छ । तसर्थ, यो उन्मूलन भएको मानिन्छ तर यसबाट हामी सन्तोष गर्दैनौं । यथार्थ के हो भने हाम्रो देशमा उन्मूलन भएको छैन ।

यस्ता कार्यक्रमले जनचेतना जगाउने कुरामा मद्दत गर्छ । खासगरी आजको कार्यक्रम कुुष्ठरोग र त्यसको निवारणसम्बन्धी रहेको छ । यसमा के कस्तो कदमहरु चाल्न आवश्यक छ, सरकारी तवरबाट के कस्ता नीति निर्माण गर्न आवश्यक छ, कानुन बनाउन आवश्यक छ, व्यवहारिक कदम कस्ता चाल्न आवश्यक छ, रोगको पहिचान र उपचारको सन्दर्भमा के गर्न जरुरी छ र सामाजिक जनचेतना र अपहेलनाबाट मानिस र प्रताडित छ, उसको पीडा कसरी हटाउने भन्ने सन्दर्भमा केही गर्नुपर्छ भन्ने एउटा साझा संकल्प, अठोट र त्यसका निम्तिका प्रयासहरु अगाडि बढाउन सजिलो अवश्य पर्छ । त्यसकारण यो कार्यक्रमको आयोजना हुनु आफैँमा प्रशंसायोग्य छ । आयोजकहरुलाई म धन्यवाद भन्न चाहन्छुु ।

अघि नै हामीले सुन्यौं, मधेस, कोशी र लुम्बिनी प्रदेशमा यसका अलिक बढी असरहरु छन् र केही जिल्लाहरुमा यो अलिक बढी मात्रामा छ । यस स्थितिमा हामी सन्तुुष्ट हुन सक्दैनौं । यस रोगलाई निवारण गरिछाड्ने हाम्रो प्रयासलाई अझ गतिशील र प्रभावकारी ढंगले अगाडि बढाउन जरुरी छ । यसका निम्ति मेरो अर्को पनि सुुझाव छ, अहिलेसम्म हामी जुन ढंगले एलोपेथिक औषधिमा भर परिराखेका छौं, यसलाई आयुर्वेदिक औषधिले पनि ठीक गर्न सक्ने, यसको रिसर्च हुन जरुरी छ । किनभने आयुर्वेदिक औषधि भनेको प्रकृतिसँग र प्रकृतिको जीवनको इकोसिस्टमसँग सम्बन्धित छ र जुन पनि रोग लाग्छ, त्यस रोगलाई निको पार्न सक्ने कुरा फेरि प्रकृतिमै निहीत छ । औषधि पनि प्रकृतिमै निहीत छ । खानामै निहीत छ । यसलाई खाली पत्ता लगाउन जरुरी छ, कुन चिजबाट यो रोग पैदा हुन्छ र कुन चिजबाट यो रोगको अन्त्यत हुन्छ । यसको प्रयोग र परीक्षण गर्न आवश्यक छ । यसमा एलोपेथिक ढंगले निवारणको उपायहरु पत्ता लागेको छ तर आयुर्वेद यसमा प्रभावकारी छ । हामीले उहिलेदेखि आयुर्वेदको साहरा लिने गरेको थियौँ, अहिले अलिकति कमजोर भएको छ । यसलाई परम्परागत र आयुर्वेदिक औषधि विज्ञानको पक्षलाई विकास र रिसर्च गर्दै उपचार विधिमा जान जरुरी छ ।

हामी निरोगी नेपालको महासंकल्पमा छौं । यो स्वास्थ्य क्षेत्रको महासंकल्प हो निरोगी नेपाल । हामी सिङ्गै नेपाललाई निरोगी नेपाल बनाउन चाहन्छौं । पहिलो कुरा, नेपालमा कोही पनि रोगी र बिरामी हुँदै नहोस् । यसका निम्ति रोग लाग्ने परिस्थिति र अवस्था आउनै नपाओस् । मान्छेको स्वास्थ्य कमजोर भयो भने इम्युन सिस्टम, प्रतिरोधी क्षमता कमजोर भयो भने रोग लाग्छ । त्यसकारण मान्छेहरुको इम्युन सिस्टम नै कमजोर नहोस् । यसका निम्ति पनि उपायहरु गरौं । खानपिन पेट भर्नका लागि मात्रै होइन, सन्तुलित खानपिन र स्वास्थ्यका लागि उपयोगी खानपिन, लाभदायी खानपिन गरौं, जस्तो पनि होइन । स्वास्थ्यका लागि खानपिन खाऔं । हामीले आफ्नो आनीबानी पनि ठीक गर्नुपर्दछ ।

स्वास्थ्य र स्वस्थ रहनका लागि खानपिन हो भन्ने कुरा थाहा पाउनुु पर्छ । हाम्रा कतिपय आदतहरुले पनि हामीलाई बिरामी बनाउँछ । हाम्रा आदतहरु पनि सच्याउन जरुरी छ । त्यसमध्ये खानपिनको आदत, रहनसशनको आदत सच्याउन जरुरी छ । मान्छेले कुनै पनि श्रम गरेन, व्यायाम गरेन भने मान्छे बिरामी हुन्छ, कमजोर हुन्छ, इम्युन सिस्टम कमजोर हुन्छ । ती पक्षहरु आहार–सन्तुलित, समयमा, उपयुक्त, विहार, व्यायाम र काम एउटै कुरा हो । जसले पाचन प्रणालीलाई पनि ठीक गर्छ । आजकाल आर्शिवाद दिंदा तिम्रो पाचन प्रणाली ठीक होस् भन्ने चलन छैन । उहिले उहिले तिम्रो पाचन प्रणाली ठीक रहोस् भन्थे । स्वास्थ्य रहनका लागि एकदम आवश्यक छ–पाचन प्रणाली । होइन भने न भोक लाग्छ, त्यसपछि न निद्रा लाग्छ, न प्रतिरोध क्षमता हुन्छ । पाचन प्रणाली कसरी ठीक हुन्छभन्दा प्रशस्त काम ग¥यो, थकाइ लाग्यो, मस्त निदायो र आराम ग¥यो, त्यसपछि पाचन प्रणाली ठीक हुन्छ । काम गरेन भने भोक लाग्दैन, खान रुच्दैन, पाचन प्रणाली ठीक हुँदैन । आन्द्रा भुुँडी नै चलिराखेको हुँदैन, विस्तारै अल्छि लागेर चल्छ, कहाँबाट भोक लाग्ने ?

त्यसकारण पहिलो कुरा, स्वस्थ रहने हो भने हामी हरेक आफैँ पनि सचेत हुन जरुरी छ । हामी सचेत रहेर आफ्नो स्वास्थ्यलाई कसरी मेन्टेन गर्ने । फेरि पनि कुनै न कुनै रोग ट्रमाजस्ता आइपर्न सक्छन् । धेरै कुराहरु त आइनपर्ने विधि गर्न सकिन्छ । शरीरका सबै बाह्य र आन्तरिक अंग प्रत्यंग अवयवहरुलाई स्वस्थ र तन्दुुरुस्त राख्ने उपायहरु छन्, तिनीहरुलाई अपनाउन सकिन्छ, काबुुबाहिरको परिस्थिति परेन भने । जस्तो मेरो किड्नी किन खराब भयोभन्दा लापरबाहीले होइन । डेढ महिना राखेर चुटेको चट्यै गर्ने, खाना पनि नदिएपछि अनि स्वास्थ्य कहाँबाट मेन्टेन हुन्छ ? चिसो गोलघरभित्र भुुइँमा बसेको ठाउँमा तलबाट पानी पलाउँछ, अनि स्वास्थ्य कहाँबाट ठीक हुन्छ । नेल हत्कडी लगाएको छ, घाउ नै घाउ भएको छ, धन्न त्यो फलामको नेलबाट घाउमा ठोकिएर केटनस आदि इत्यादि भएन संयोगको कुरा हो । त्यसबेला दिनको ७५ पैसा दिन्थ्यो, दाल किन्नुस्, तरकारी किन्नुस् मरमसला किन्नुस्, साबुुन किन्नुस्, मञ्जन किन्नुस्, ब्रस किन्नुस् भनेर ।

दाँत हामी कसरी सफा गर्दथ्यौं भने, एउटा ब्रस किन्यो, त्यो पनि महंगो किन्न सकिंदैनथ्यो, सस्तो किन्यो । दुुई चार दिनमा ब्रस सबै पछाडि फर्किन्छ ! ब्रस त सिधा हुन्छ नि, पछाडि फर्किन्छ । दातमा जुन पर्दथ्यो, त्यसमा ब्रसको फेदको भाग पर्दथ्यो । दात नै सफा गर्न सकिंदैनथ्यो । मुख बाङ्गो पारिपारिकन ब्रस गर्नु पर्दथ्यो । टुुथपेस्टको ट्युुव हामीले निचोरेको देख्ने हो भने सबै मान्छे छक्क पर्दथे । त्यो सिद्धिएपछि पनि त्यसलाई निर्चोदानिर्चोदा…! नयाँ किनौं पैसा छैन, त्यही पनि आउँछ कि भनेर त्यसको घाँटी मर्काएर चलाउँथ्यौँ ! खैर ती दिन नसम्झिऔं, सम्झिदा अलिअलि रमाइलो पनि लाग्छ । तर, त्यहाँ कहाँबाट स्वास्थ्य राम्रो हुनुु ? मलाई क्षयरोग लाग्यो । औषधि छैन, खाना छैन, अल्सर भयो, औषधि छैन, खाना छैन । अनि कहाँबाट स्वास्थ्य राम्रो हुनुु ? पेटभरी घाउँ भएर दुुखेर असैह्य हुन्छ । भतभति पोल्छ, घाउँबाट रगत आउँछ । पेन किलर दिन्छ, त्यो खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ त ! मेरो किड्नी फेल हुनुुको अर्थ पेन किलरले हो । सहनै नसकेर पेन किलर खाएको छ । अहिले नै मरियो भने पछि के गर्ने, पछि उपचार जे सुकै भए पनि के गर्ने ! अहिले बाँची हालौं, पेन किलरको असरपछि हेरौंला भनेर । यस्ता काबु बाहिरका परिस्थिति बेग्लै कुरा हो, काबुुका परिस्थिति त्यस बेला पनि हामी कसरी स्वास्थ्य जोगाउन सकिन्छ भनेर उपाय गर्दथ्यौं । त्यहाँभित्र व्यायाम गर्ने, व्यायाम गर्ने पनि हविगत हुँदैनथ्यो । त्यही पनि स्वास्थ्य जोगाउन हामी कोसिस गर्दथ्यौं ।

हामी हरेकले स्वास्थ्य जोगाउन कोसिस गर्नुपर्छ । तर कुुष्ठरोग कतिबेला सर्छ थाहा हुँदैन । यो सुरुमा त यो पैदा हुन्छ । के कारणले पैदा हुुन्छ, त्यो पत्ता लगाउन र त्यो पैदा नहोस् भन्ने कुराका लागि हामीले कुनै भ्याक्सिन पो तयार गर्न सक्छौं कि, अथवा तयार भएपछि पत्ता लाग्यो भने तुुरुन्त उपचार सुरु गर्नु पर्दछ । एउटा ह्याभोब के भने, हामीले उपचार सुरु ग¥यौं भने सुरु गरेपछि त्यसको निको हुने प्रक्रिया सुरु हुन्छ । निको हुने प्रक्रिया थोरै अगाडि बढ्ने बित्तिकै त्यसको सरुवापन जुन हुन्छ, संक्रमणकारी प्रवृत्ति त्यो कमजोर भइहाल्छ र सर्न छोड्छ । अलिक समय औषधि खाएपछि सर्न छोड्छ र त्यो संक्रमक रोग हुँदैन । औषधि नखादा त्यो संक्रमक हुन्छ, खासगरी परिवारलाई र निकटका व्यक्तिलाई सर्ने खालको हुनसक्छ । त्यसैकारण मान्छे तर्सिन्छ । अब यहाँ कानुनी प्रबन्धदेखि सामाजिक बहिष्कारदेखि हेलाँहोचाका कुराहरुलाई रोक्नुुपर्छ ।

पहिला ठूला संख्यामा कुष्ठरोग थियो, पछि औषधि खाएर नसर्ने भइसक्यो र निको भइसक्यो । निको भइसकेपछि पनि मान्छेले एक समय कुुष्ठरोग थियो भन्ने थाहा पायो भने हेलाहोचो गर्छ । सँगै बस्न र अनेक हिसाबले अप्ठ्यारो मान्छ । त्यसको कुनै जरुरी छैन, त्यो निको भइसकेपछि केही फरक हुँदैन । उस्तै हो उहिले थियो, अहिले छैन । बिरामी थियो तर अहिले छैन । त्यसकारण हेलाहोचो गर्नु पर्ने त्यस्तो छैन । कानुनमा केही कुराहरु स्पष्ट पार्नु पर्ने अझै हुनसक्छन् । ती कुराहरुलाई हामी हेर्छौ । कसरी कानुनलाई व्यवहारिक, उचित र उपयुक्त कानुन निर्माण गर्ने, जसबाट बहिष्करण, हेलाहोचोजस्ता कुराहरु नहोउन् । अर्को, यस्तो पनि गर्नु हुँदैन, जसबाट संक्रमण फैलियोस् । संक्रमण नफैलिने र हेलाहोचो नहुने यो दुुईवटै स्थितिको सन्तुलन हामीले कायम गर्नुपर्छ र अगाडि बढ्नुु पर्दछ ।

हामी सबै रोगको निधान मात्रै होइन कि निवारण चाहन्छौं । त्यो प्रकट भइसकेपछि होइन कि त्यो देशबाटै उन्मूलन होस् । उहिले बिफरको एउटा लहर आउन्थ्यो, त्यो लहर आएपछि त्यसले हरेक वर्ष ठूलो संख्यामा जनसंख्यालाई समाप्त पारेर लिएर जान्थ्यो । आज हामीले बिफर उन्मूलन गरेका छौं । मेरो आमा बित्नुु हुँदा २२ वर्षको हुनुुहुन्थ्यो, म तीन वर्षको थिए । आमा विफोरको कारणले बित्नुुभएको थियो, आज विफोर थिएन । मैले आमा बिफरले बित्नुुभएको भन्ने थाहा पाएपछि विफोरसँग मेरो यस्तो दुुष्मनी भयो कि स्कुलमा भ्याक्सिन आयो भने म गाउँगाउँमा पनि त्यो भ्याक्सिन लिएर जान खोज्थें र लिएर पनि जान्थे । ग्रामीण चेतनाको स्तर के थियो भने, मेरो घरभन्दा परतिर बाटो थियो र बाटोभन्दा परितिर एउटा वस्ती थियो । झापा जिल्लामा स्थानीय आदिवासीको । त्यहाँ हरेक वर्ष केही व्यक्तिहरुको विफोरका कारणले निधन हुन्थ्यो । उनीहरु खोप लगाउन नमान्ने, खोप नलगाएपछि कच्चा अवस्थामा विफोर लाग्थ्यो । पहिला नलागेका मान्छे थिए भने तिनीहरुलाई त लाग्यो लाग्यो । विफोर लागिसकेकालाई बरु लाग्दैन, नलागेकालाई लाग्यो लाग्यो र केही मान्छे जान्थे ।

मैले भ्याक्सिन लिएर गाउँमा आउँदै छुुु भन्ने थाहा पाएपछि गाउँका मान्छेहरु गाउँ छोडेर भागे । बालबच्चा च्यापेर अलिक टाढा अर्को गाउँमा गएछन् । म बेलुका गएर सम्झाउन खोजें, यस्तो हो बाँचिन्छ भनेर तर मानेनन् । मैले भनेँ, मेरो कवुल र प्रतिबद्धता भयो कि तपाईंहरुलाई भ्याक्सिन लगाइंदैन, तपाईंहरु गाउँमा गएर बस्नुस् । त्यो ग्यारेन्टी गरेपछि उनीहरु बल्ल गाउँमा फर्किए । त्यत्रो आतंक थियो कि खोप लगायो भने भगवान रिसाउँछन् र हामी बर्बाद हुन्छौं भन्ने । फेरि त्यही वर्षमा केही मान्छे त्यहीं गाउँमा बिते । मैले धेरै कोसिस गर्नु प¥यो कि हामीले भ्याक्सिन लगायौं, तपाईंहरुले लगाउनुुभएन, यताको गाउँमा सरेन, यताको गाउँमा रोग आएन, यताको गाउँमा आयो, तपाईंहरुकोमा मान्छे यसरी मरे अब भ्याक्सिन लगाउनुु पर्छ भनेपछि बल्ल बिफर निवारण भयो । यस्ता उपायहरु हामी धेरैले ग¥यौं होला । तराईमा मलेरियाले भुुसुक्कै मान्छे मर्दथे । मलेरिया उन्मूलन भयो । त्यसकारण उन्मूलन गर्न सकिन्छ । निको नहुने रोग कुनै छैन । निको नहुने स्टेजमा पुुग्यो भने मात्रै बेग्लै कुरा हो नत्रभने निको नहुने रोग भनेको कुनै छैन । सबै रोग निको हुन्छ र हामी निको पार्न सक्छौं ।

यस सन्दर्भमा सरकारले गरेका प्रयासहरु बहुत राम्रा छन् । स्याङ्जाको मालुुङ्गा हो क्यार ठाउँको नाम, मालुुङ्गामा लेप्रोसी क्याम्प थियो । लेप्रोसीका बिरामीहरुलाई निको पार्ने क्याम्प खडा गरिएको थियो । मलाई २०३९ सालमा काठमाडौंबाट पोखरा जेलमा लगियो । मालुुङ्गा गाउँतिरका मानिसहरु त्यहाँ थिए र त्यसमध्ये एकदुुई जना लेप्रोसी संक्रमित पनि थिए । उनीहरुलाई लेप्रोसी थियो र त्यही उनीहरुलाई औषधि पनि दिइन्थ्यो । मैले उनीहरुबाट लेप्रोसीका सम्बन्धमा यथार्थ जान्ने मौका पाएँ । यो कस्तो हो र कस्तो अवस्थामा सर्छ, सर्दैन । लेप्रोसी हटिसकेको थिएन तर उनीहरु संक्रामक अवस्थाबाट मुक्त भइसकेका थिए । संक्रमक अवस्था टरिसकेको थियो किनभने निको हुने प्रक्रिया निकै अगाडि बढिसकेको थियो र सक्रामक अवस्था थिएन । त्यो रोगका किटाणुुहरु कमजोर भइसकेका थिए । यसलाई निको पार्न नसकिने होइन, यो अनिवार्यरुपमा निको हुन्छ । जति छिप्पिएको छ, त्यति समय लाग्ने हो । सुरुमै भयो भने अलिक छिट्टै निको हुन्छ ।

जुन अंगभंग भएको छ, त्यो फेरि क्यअर हुने कुरा त भएन । त्यो गएको गइहाल्यो । त्यसले हात खुुट्टाका औलाहरु झर्ने अनेक चिज हुन्छ । अझ बढ्दै गयो भने यसले धेरै बिर्गान सक्छ, मान्छेलाई चल्न नसक्ने, अशक्त बनाउने र अझै माथितिर फैलिंदै आउने पनि हुनसक्छ । त्यसकारण यसलाई समयमै उपचार ग¥यो भने थाहा पाउने बित्तिकै, अलिकति घाउ हुने बित्तिकै र त्यसको सेन्सेसन छैन भन्ने थाहा पाउन सजिलो छ कि सेन्सेसन छैन भनेपछि यो कुुष्ठ रोग हो भनेर थाहा पाउन सकिन्छ । टुुप्पामा कुुष्ठ रोग रोग लागेको छ अरु बढी सेन्सेसन हुँदैन । छुुंदा थाहा पाइएन भने यो कुुष्ठरोग भएछ भन्ने कुरा थाहा पाउन सकिन्छ । त्यसकारण छिटै परीक्षण गरेर छिटै उपचार गर्ने । त्यो सर्वसाधारणले पनि थाहा पाउन सक्छ । छुुँदा थाहा पाइएन, सेन्सेशन भएन भने त्यो कुुष्ठरोग हो, त्यसकारण उपचार गराउ भन्ने यति जानकारी कमसेकम सर्वसाधारणमा हामीले पुु¥याउनु पर्दछ ताकी हामी आफैँले रोग चिनेर उसले उपचार गराउन सकोस् । यसो भएपछि यस रोगको हामी केही वर्षभित्रमा उन्मूलन गर्न सक्छौं ।

आजको यस भेलामा यसका आयोजक संस्थाहरुको यो सक्रियता रहोस् । तपाईंहरुले यथार्थ यसमा घटाउन र बढाउनुु पर्ने आवश्यकता छैन । नबढाइकन र नघटाइकन यथार्थ वर्णन विभिन्न रेडियो, पत्रपत्रिका, टेलिभिजनबाट अनुरोध गरेर पनि तपाईंहरुले जनचेतना जगाउनुुभयो र स्वास्थ्य मन्त्रालयले यससम्बन्धमा सञ्चार मन्त्रालयसँग परामर्श गरेर अथवा मिडिया हाउससँग परामर्श गरेर यस सम्बन्धमा सहकार्य पनि गर्न सक्छ र जागरण अभियान विशेष ढंगले चलाउन सकिन्छ । देश भरिका मान्छेहरुलाई यस सम्बन्धमा जानकारी गराउन सकिन्छ । जहाँ टेलिभिजन छैन, त्यहाँ समाचारबाट हुनसक्छ ।
आज मोबाइलको जमाना छ । मोबाइललाई प्रयोग गरेर यससम्बन्धी जनचेतना जगाउन सकिन्छ । त्यसो भएर यसलाई विभिन्न ढंगले जनचेतना जागरण गर्ने कुरा र ताँकी यो सर्न र फैलिन नपाओस्, सरिहाल्यो, फैलिहाल्यो वा रोग प्रकट भइहाल्यो भने, कसैमा देखा परिहाल्यो भने यसलाई समयमै पहिचान गरेर उपचार गर्न सकियोस् । मैले अघि नै भनेँ, यसको निधान गाह्रो छैन र कुुष्ठ रोग हो भनेर पत्ता लगाउन सजिलो छ । यो आफैँले घरमा पत्ता लगाउन सकिने कुरा हो । त्यसकारण खाली जनतामा यसो भयो भने कुुष्ठरोग हुने रहेछ भनेर चेतना जगायो भने मात्रै त्यो पत्ता लागिहाल्छ ।

रोग लुकाउनुु हुन्न भन्ने कुरा हामीले बुुझाउन जरुरी छ । किनभने लुकायो कि निकै धेरै वर्ष औषधि खानुु पर्छ । हात खुुट्टाका औलाहरु झर्न सक्छन् । विभिन्न जोर्नीहरु विकृत हुनसक्छन् । त्यसकारण यसलाई ठीक ढंगले लान जरुरी हुन्छ । यसो भएर यी चेतनाका कुराहरु फैलाउने र अगाडि बढाउने हामीले ग¥यौं भने यसलाई अन्त्य गर्न, निवारण र उन्मूलन गर्न सम्भव छ । त्यसकारण यस सन्दर्भमा हाम्रो साथमा आज औषधि छ । सबैभन्दा महत्वपूर्ण कुरा त्यो हो । औषधि भनेको कुुष्ठरोगको काल हो, त्यसलाई सिध्याएर छोड्छ । त्यो हामीसँग छँदैछ । खाली बिरामी र औषधिको भेट गराउनुु हो । बिरामीलाई नियमित औषधि सेवन गरुन् भनेर सिकाउनुु पर्छ । औषधिमा तलमाथि नहोस्, नियमित औषधि सेवन गरुन् । मात्रा जे बताइएको छ, त्यसअनुसार सेवन गरुन । किनभने यो अस्पतालमा बसेर गराउने उपचार पनि होइन, यो घरमै बसेर गर्ने उपचार हो, लामो समय लाग्छ । खाली औषधि खाने हो । त्यसकारण अस्पताल भन्दा घरमै बसेर गर्ने हो । त्यसकारण बिरामी आफैँ सजग हुनुपर्दछ र बिरामीलाई के थाहा हुनुुपर्दछ भने सजगता भएन भने यो विकराल रुप लिने खतरा हुन्छ र यसले ठूलो विनाश गर्छ । त्यसकारण बिरामी अत्यन्त सजग हुनुपर्छ । खासगरी बिरामी पत्ता लागेपछि सजग हुनुपर्छ ।

औषधि प्राप्त भएपछि औषधि खानुुपर्छ र औषधिमा पैसा लाग्दैन, निःशुुल्क उपचार हुन्छ । यसको निशुुल्क उपचार हुन्छ, निशुुल्क औषधि पाइन्छ । त्यसकारण यो खर्चिलो उपचार र पैसा छैन भन्ने स्थिति होइन । निशुुल्क उपचार सरकारले उपलब्ध गराउँछ । औषधि सेवन गर्ने हो, छुुंदा थाहा पाइएन भने लेप्रोसी भन्ने थाहा हुन्छ र आफैँले थाहा पाइन्छ । अस्पतालमा चिकित्सकलाई देखाएर औषधि लिन पाइन्छ । औषधि यति समयका लागि लिएर जाने र फेरि ल्याउने, अलिक टाढा छ भने, अर्को व्यक्ति अस्पतालमा गएको छ भने प्रेस्किप्शन पठाएर त्यसमार्फत् पनि औषधि झिकाउन सकिन्छ । त्यसकारण यो धेरै गाह्रो कुरा होइन, यसलाई निको पार्न सकिन्छ । जनचेतना, सामाजिक सहयोग, सद्भाव र सरकारको अभियान र सरकारले अलिकति ध्यान दिनुु प¥यो । यसै क्षेत्रमा विभिन्न संघसंस्था लागिरहनुु भएकै छ ।

संघसंस्थाहरुको सक्रियतालाई प्रभावकारी कसरी बनाउने, त्यो डेडिकेशनलाई उपलब्धिमूलक कसरी बनाउने भनेर लागिरहेका संघसंस्थाहरुले ध्यान दिन जरुरी छ । समाजलाई निरोगी बनाउनका लागि, स्वस्थ समाज निर्माण गर्नका लागि यति धेरै साथीहरु यहाँ उपस्थित हुनुहुन्छ । यसमध्ये कतिपय साथीहरु अहिले पनि कुुष्ठरोग लागिरहेका साथीहरु कतिपय निको भइसकेका साथीहरु पनि हुनसक्नुु हुन्छ । निको भइसकेका साथीहरुले निको नभइसकेका साथीहरुलाई प्रेरणा र हौसला दिनु पर्दछ कि कसरी निको भयो भनेर । निको हुन्छ, मलाई पनि पहिला थियो, मैले निको पारे भनेर मान्छेलाई त्यो कुरा बताउनुु पर्छ । त्यो बताएपछि मान्छे उत्साहित भएर त्यसको निराकरणमा लाग्छ । फेरि एकपटक म सबै आयोजकहरुलाई धन्यवाद भन्न चाहन्छुु । (सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले २५ वैशाख, २०८२ मा नेपाल कुुष्ठरोग सम्मेलनका अवसरमा व्यक्त गर्नुभएको सम्बोधनका आधारमा स्वकीय सचिवालयबाट तयार गरिएको पूर्ण विवरण)

प्रतिक्रिया दिनुहोस्