Logo

प्रिन्टिङ मेसिन खरिद प्रकरण : विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर, चार जना निर्दाेष ठहर

प्रिन्टिङ मेसिन खरिद प्रकरण : विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर, चार जना निर्दाेष ठहर



काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल प्रिन्टिङ मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका छन्। उनलाई यो अभियोगमा विशेष अदालतले दोषी ठहर गर्दै एक वर्ष ६ महिना कैद र १३ करोड ५८ लाख ५२ हजार रुपैयाँ जरिवाना तोकेको हो। कार्यकारी भूमिकामा रहेकाले उनलाई थप ६ महिना कैद सजाय सुनाइएको छ ।

मुद्दामा संलग्न म्याक्स इन्टरनेसनल प्रालि र सिइओ अकबर हुसेनलाई पनि समान जरिवाना र एक वर्ष ६ महिना कैद सजाय तोकिएको छ। साथै, पौडेल, म्याक्स इन्टरनेसनल र अकबरले जनही ५४ लाख ३४ हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउनुपर्ने फैसला भएको छ।

तर, सहआरोपित चार कर्मचारी—सफल श्रेष्ठ, नवीन पोखरेल, खड्कबहादुर थापा र हरिबल्लभ घिमिरे भने निर्दोष ठहरिए।

पौडेलले दुई छुट्टाछुट्टै शीर्षकको ७६ करोड बजेटलाई एउटै प्याकेज बनाएर स्वीकृत कार्यक्रमभन्दा बाहिर गएर खरिद गरेको अदालतको ठहर छ।

प्रतिक्रिया दिनुहोस्