काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो पदबाट राजीनामा दिएकी छन्। बालुवाटार निकट स्रोतका अनुसार शिक्षकहरूको निरन्तर सडक आन्दोलनका बीच उनले यो कदम चालेकी हुन्।
शिक्षक महासंघसँग पटक-पटक भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि मन्त्री भट्टराई दबाबमा परेकी थिइन्। उनको राजीनामा आजै बस्ने मन्त्रिपरिषद् बैठकमा स्वीकृत हुने सम्भावना छ।