Logo

तामाकोसी आयोजनालाई सेयर जारी गर्ने अनुमति,दोलखाका बासिन्दालाई १ करोड ५ लाख ९० हजार कित्ता

तामाकोसी आयोजनालाई सेयर जारी गर्ने अनुमति,दोलखाका बासिन्दालाई १ करोड ५ लाख ९० हजार कित्ता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
पुस २१, काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई साधारण सेयर जारी गर्ने अनुमति दिएको छ  । बोर्डले तामाकोसी आयोजनालाई रु १०० अङ्कित दरका तीन करोड ६० लाख छ हजार कित्ता सेयर जारी गर्न स्वीकृति दिएको हो । बोर्डको स्विकृत सँगै आयोजनाले अबको दुई महिना भित्र सबै आवश्यक प्रक्रिया पुरा गरी शेयर जारी गर्ने आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिए ।
माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडलाई बोर्डले पहिलो चरणमा दोलखाबासी नागरिक  कर्मचारी सञ्चय कोषका बचतकर्ता, ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई साधारण शेयर जारी गर्ने बाटो खोलिदिएको बताउँदै प्रवक्ता डा. न्यौपानेले फागुन २० गते भित्रमा शेयर निष्कासन हुने बताए ।
 माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई दोलखाबासी, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष, बिमा संस्थानका कर्मचारीका हकमा जारी गर्ने साधारण शेयरको लागि शुक्रबार अनुमति दिइएको भएपनि पत्र भने आज मात्र हात पर्ने प्रवक्ता न्यौपानले बताए ।
  बोर्डको स्विकृत पछि अब आयोजनाले दोलखाका बासिन्दालाई एक करोड पाँच लाख ९० हजार कित्ता सेयर जारी गर्न छ । ऋण सम्झौता हुँदा कर्मचारी सञ्चय कोषको सञ्चयकर्ताका लागि एक करोड ८२ लाख ९९ हजार पाँच सय २० कित्ता, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि ३० लाख ४९ हजार नौ सय २० कित्ता र आयोजनाका कर्मचारी तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका लागि ४० लाख ६६ हजार पाँच सय ६० कित्ता सेयर जारी गर्ने छ । माथील्लो तामाकोसी आयोजना निर्माण गर्ने प्राधिकरणका कर्मचारीलाई ३.८४ प्रतिशत अर्थात ४० लाख ६६ हजार पाँच सय ६० कित्ता शेयर बाँडफाँड गरिने छ । त्यसमा हाल प्राधिकरणमा कार्यरत कर्मचारी, तामाकोसी आयोजनामा कार्यरत कर्मचारीलाई वितरण गरिनेछ भने टेलिकमका कर्मचारीले सामान्यता एक सय ५० कित्ता सेयर प्राप्त गर्ने अनुमान गरिएको छ ।
आयोजनामा सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम र राष्ट्रिय बिमा संस्थानले ऋण लगानी गरेका छन् । ती संस्थाले २०६८ सालमा ऋण लगानीका लागि सम्झौता गरेका थिए । कम्पनीले निष्काशन गर्न लागेको सेयर कुल लगानीको ३४ प्रतिशत हो ।
सेयर जारी गर्न आयोजनाले नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक तोकेको छ । कोषले मात्रै सबै काम पूरा गर्न नसक्ने भएकाले सहायक प्रबन्धकको रुपमा एनआइडिसी क्यापिटल मार्केटले पनि सेयर आवेदन लिन पाउँने व्यवस्था मिलाइएको छ ।
laxmi

प्रतिक्रिया दिनुहोस्
MBL