Logo

नेपाल पुनर्बीमा कम्पनीको सिईओमा सुरेन्द्र थापा नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको सिईओमा सुरेन्द्र थापा नियुक्त



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुरेन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको शनिबार बसेको संचालक समितिको बैठकले उनलाई आगामी ४ बर्षे कार्यकालका लागि सिईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

laxmi

यसअघि कम्पनीले जारी गरेको दरखास्त आह्वानमा आवेदन दिएका ५ जनालाई सर्टलिस्टमा राखेको थियो । सिईओ छनौट समितिले सर्टलिष्टमा परेका पाँचजनामध्येबाट प्रस्तुतिकरण लिइसकेपछि सुरेन्द्र थापालाई नियुक्त गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीले उनलाई सिईओ नियुक्त गरेपनि उक्त निर्णय नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गर्नुपर्छ । कम्पनीले उनलाई सिईओमा नियुक्त गरेको निर्णय प्राधिकरणमा पेश गरेको छ । थापाले यसअघि अजोड इन्स्योरेन्सको डिसिईओको रुपमा जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL