Logo

राष्ट्र बैंकको कारबाही र बैंकको ग्रेलिष्टबाट बच्न कृत्रिमरुपमा कर्जा रिकभरीमा लघुवित्त, ‘बाहिर राम्रो, भित्र थप क्रोनिक’ बन्दै

राष्ट्र बैंकको कारबाही र बैंकको ग्रेलिष्टबाट बच्न कृत्रिमरुपमा कर्जा रिकभरीमा लघुवित्त, ‘बाहिर राम्रो, भित्र थप क्रोनिक’ बन्दै



काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले पछिल्लो समय कृत्रिम कर्जा भुक्तानीलाई प्राथमिकता दिन थालेका छन् । खराब कर्जाका कारण बैंकको वित्तीय अवस्था नाजुक बन्दै गएपछि कृत्रिम रुपमा भएपछि कर्जा उठौती गरेर सकारात्मक देखाउन थालेका हुन् । केही स्वार्थ समुहले लघुवित्त पीडितको नाममा आन्दोलन गर्दै कर्जा नतिर्न उर्दी जारी गरेपछि ऋणीहरुले आफुले लिएको कर्जा भुक्तानी गर्न छाडेका छन् । जसका कारण पछिल्लो समय लघुवित्तहरुको खराब कर्जा ह्वात्तै बढेको थियो ।

laxmi

तर त्यसरी खराब कर्जा बढ्दा एकातर्फ राष्ट्र बैंकले कारबाही गर्ने र अर्कोतर्फ वाणिज्य बैंकहरुले पनि ऋण नदिने भएपछि लघुवित्तहरुले कृत्रिम भुक्तानी र रिस्टक्चरलाई प्राथमिकता दिएका हुन् । ‘विभिन्न स्वार्थ समुहको आन्दोलनमा कारण अहिले लघुवित्तका ऋणीहरुले कर्जा भुक्तानी गर्न छाडेका छन् भने केही असल नियत भएका ऋणीहरुले पनि आर्थिक मन्दीका कारण तिर्न नसक्ने अवस्थामा पुगे,’ एक लघुवित्तका प्रमुख कार्यकारी अधिकृतले भने, ‘अहिले लघुवित्तहरुले वास्तविक तथ्यांक सार्वजनिक गर्ने हो भने सबैजसो कम्पनीहरु घाटामा छन् भने खराब कर्जा उच्च छ ।’ तर अहिलेको अवस्थामा खराब कर्जा बढी देखाएर कम्पनी घाटामा जाँदा जनस्तरमा नकारात्मक असर पर्ने भएपछि लघुवित्तले एक दिनलाई भएपनि कर्जा चुक्ता गर्न लागाएर पुनः थप कर्जा प्रबाह गर्दै आएका छन् ।

उदाहरणका लागि कुनै एक ऋणीले १ लाख रुपैयाँ कर्जा लिएको छ र उसको ब्याज सहित गर्दा १ लाख २० हजार पुगेको छ । तर अहिले लघुवित्तले राष्ट्र बैंकको दबाब र खराब कर्जाको प्रोभिजनबाट बच्न त्यस्ता ऋणीहरुलाई १ दिनलाई भएपछि कर्जा चुक्ता गर्न लगाएर पुनः १ लाख ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँ कर्जा दिन थालेका सम्बद्ध लघुवित्तहरु नै बताएँछन् ।

विशेषगरी लघुवित्तले विपन्न वर्ग कर्जा शीर्षकअन्तरगत बैंकबाट कर्जा लिएर ऋणीहरुलाई प्रबाह गर्दै आएका छन् । तर खराब कर्जा बढ्दै जाँदा बैंकहरुले पनि थप कर्जा प्रबाह नगर्ने भएपछि लघुवित्तहरुले कृतिम भुक्तानी र रिस्टक्चर गरेर कर्जा ग्रिनीङ गर्दै आएका छन् ।

यसैगरी पछिल्लो समय राष्ट्र बैंकले दिएको कर्जाको रिस्टक्चरको सुविधाका कारण लघुवित्तहरुको खराब कर्जा घटेको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादूर यादव बताउँछन् । ‘अहिले राष्ट्र बैंकले कुल चुक्ता गर्नुपर्ने ब्याजको ५ प्रतिशत रकम लिएर कर्जाको रिस्टक्चर गर्न सुुविधा दिएको छ,’ उनले भने, ‘अहिले लघुवित्तले सोही सुविधालाई उपयोग गरेका छन् जसका कारण खराब कर्जा घटेर लोनलस प्रोभिजन रोकियो ।’ कुल ब्याजको ५ प्रतिशत रकम लिएर रिस्टक्चर गर्दा तत्कालका लागि खराब कर्जा बढ्नबाट जोगिएको उनले जानकारी दिए ।

यसैगरी पछिल्लो समय लघुवित्त कम्पनीहरु पनि एनएफआरए प्रणालीमा गएका कारण नाफामा सुधार देखिएको उनले जानकारी दिए । ‘एनएफआरएस प्रणालीमा नजादा कर तिरेपछि मात्रै नाफामा देखाउन मिल्थ्यो तर अहिले पाकेको ब्याज नउठेपनि नाफामा गणना गर्न पाईन्छ,’ उनले भने, ‘उक्त प्रणाली अनुसार बजारबाट ब्याज नउठेपनि कागजीरुपमा भने नाफा बढेको देखिन्छ ।’

अहिले नेपालमा ५५ वटा लघुवित्त संचालनमा रहेका छन् । जसमध्ये फागुनसम्ममा ३१ वटा घाटामा रहेको थियो । तर पछिल्लो समय कर्जा नउठेपनि कृतिम रिकभरी र रिस्टक्चरका कारण नाफामा सुधार देखिएको छ भने खराब कर्जा ह्वात्तै घटेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL