Logo

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति, कार्यदलले आज ‘टीओआर’ तयार गर्ने

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति, कार्यदलले आज ‘टीओआर’ तयार गर्ने



काठमाडौं । सत्तारूढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी प्रकरण छानबिन गर्न संसदीय समिति बनाउने सहमति भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल र कांग्रेस नेताहरूबीचको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको बैठकमा सहभागी रहेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए ।

laxmi

समितिको टीओआर बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गर्ने समेत शीर्ष नेताहरुले सहमति भएको छ । कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहने छन् । उक्त कार्यदलले आज टीओआर बनाउनेछ । संसदको अवरोध हटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

शुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छलफल गरेका थिए । उक्त बैठकमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र रमेश लेखक मिसिएका थिए ।

सदनको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान पनि कांग्रेससँग छलफल गरेका थिए । कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरुद्ध बनाउँछै आएको छ

प्रतिक्रिया दिनुहोस्
MBL