Logo

सिटिजन लाइफको प्रस्तवित लाभांस रद्ध, अब के हुन्छ ?

सिटिजन लाइफको प्रस्तवित लाभांस रद्ध, अब के हुन्छ ?



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले यसअघि घोषणा गरेको लाभांस रद्ध गरेको छ । नेपाल बीमा प्राधिकरणले यस्तो लाभांस वितरण गर्न नपाउने भन्दै निर्देशन दिएपछि कम्पनीको मंगलबार बिहान बसेको बैठकले उक्त लाभांस रद्ध गरेको हो ।

laxmi

यसअघि कम्पनीको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले हाल कायम सेयर प्रिमियमबाट अन्तरिम लाभांस वितरण गर्ने प्रस्ताव गरेको थियो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २६.९८४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

यसरी बोनस सेयर वितरण गर्दा कम्पनीको पुँजी प्राधिकरणले तोकेबमोजिम ५ अर्ब माथि पुग्ने थियो । हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL