Logo

काठमाडौंको वायु अझै अस्वस्थ, विश्वकै दोस्रो प्रदुषित सहर

काठमाडौंको वायु अझै अस्वस्थ, विश्वकै दोस्रो प्रदुषित सहर



काठमाडौं । आज फेरि काठमाडौँ वायुप्रदूषणका हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ७७ पुगेको छ ।

laxmi

गत बिहीबार वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ९५ पुगेको थियो । शनिबार भने घटेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ८५ रहेको थियो ।

‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार पहिलो प्रदूषित सहरका रुपमा भने भारतको दिल्ली सहर सूचीकृत भएको छ । डिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) दुई सय ४५ रहेको छ । यसैगरी तेस्रो स्थानमा चीनको बेइजिङ सहर विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL