Logo

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक, कसरी हेर्ने ?



काठमाडौँ । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार डिभी २०२५ को नतिजा सार्वजनिक भएको हो ।

laxmi

डिभी परे / नपरेको बारे dvprogram.state.gov/ESC/ वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर अनिवार्य चाहिन्छ ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रक्रियाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ । डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL