Logo

नबिल बैंकको विरगंज शाखाबाट १ करोड बढी चोरी, प्रहरीले छानविन गर्दै

नबिल बैंकको विरगंज शाखाबाट १ करोड बढी चोरी, प्रहरीले छानविन गर्दै



काठमाडौं । वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड बढी बढी रकम चोरी भएको बताईएको छ । आइतबार राती बैंकबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको हो ।

laxmi

वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । सोमबार बिहान बैंकको गार्डले ताल्चा खोल्न खोज्दा नयाँ ताल्चा लगाइएको पाएपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार ५÷६ जनाको समूहमा आएका व्यक्तिहरुले रकम चोरी गरी बोरामा हालेर लिएको सिसीटिभी फुटेजमा देखिएको छ । घटना शंकास्पद भएकले प्रहरीले यसमा छानविन गरिरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL