Logo

कुमारी बैंकको फोनलोन सेवा, मोबाइल बैकिङ एपबाटै दुई लाखसम्म लोन पाइने

कुमारी बैंकको फोनलोन सेवा, मोबाइल बैकिङ एपबाटै दुई लाखसम्म लोन पाइने



काठमाडौं । कुमारी बैंक लिमिटेडले दुई लाखसम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ । क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एप मार्फत फोन लोन पाइने भएको हो ।

laxmi

विशेषगरि घरेलु, साना तथा मझौला उद्यमीहरुका वित्तिय कारोबारहरु डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तिय आवश्यकताहरु परिपुर्ति हुदा वित्तिय पहुँच मेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL