Logo

निगमको जहाज इजरायलमा मर्मत गरी काठमाडौं आईपुग्यो, इन्जिनभित्रका ३१ ब्लेड परिवर्तन

निगमको जहाज इजरायलमा मर्मत गरी काठमाडौं आईपुग्यो, इन्जिनभित्रका ३१ ब्लेड परिवर्तन



काठमाडौं । नेपाल वायुसेवा निगमको ९ एन–एकेएक्स जहाज आवश्यक मर्मतपश्चात् इजरायलबाट दुबई हुँदै नेपाल आईपुगेको छ । उक्त जहाज शनिबार साँझ ९ः५६ बजे काठमाण्डौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या आई इजरायल स्थित नियमानुसार छनौट भएको मेन्टेनान्स एण्ड रिपेयर अर्गनाईजेसनमा मर्मत भइरहेको थियो ।

laxmi

मर्मतको क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य प्राविधिक समस्याहरुको अलावा इन्जिन भित्रको ३१ वटा ब्लेड पुरै फेर्नुपर्ने देखिएका कारण निगमका सम्बन्धित इन्जिनियरहरु एवं प्राविधिकहरुको प्रतिवेदन अनुसार सो सँग सम्बन्धित पार्टपुर्जाहरुको बजारमा अभाव भएको तथा युद्ध प्रभावित क्षेत्र भएको कारण आपूर्तिमा कठिनाइ भई मर्मत सम्भार कार्यमा केही ढिलाई हुन पुगेको देखिएता पनि वर्तमान नेतृत्व, प्राविधिक तथा अन्य सम्बन्धित कर्मचारीहरुको लगातारको अथक प्रयासबाट युद्ध प्रभावित क्षेत्र भएको अवस्थामा समेत इन्जिनको सकेसम्म छिटो मर्मत गराई जहाज उडान योग्य भएको छ ।

उक्त जहाज पूर्व निर्धारित समय अनुसार २०८१ बैशाख १० गते नै मर्मत सकि उडान भर्ने तालिका रहेको तर पछि ल्यान्डीङ गियरको अल्टरनेट ब्रेकिङ सिस्टममा प्राविधिक समस्या देखिएकोले सोको लागि चाहिने पार्टपुर्जा सम्बन्धित आपूर्ति कर्तामार्फत अमेरिकाको मायामीबाट इजरायलमा ल्याई जडान गरी उडानयोग्य बनाउन केही ढिलाई हुन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL