Logo

उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने

उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने



काठमाडौँ । वैशाख १५ मा हुने प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ–१ को १ मा उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने भएको छ । आज राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

laxmi

आयोगका अनुसार मौन अवधिमा प्रचार गर्न पाइँदैन । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन । इलाम २ मा १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा छन् । दुवै क्षेत्रमा वैशाख १५ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL