Logo

सूर्यज्योति लाइफले मनायो आफ्नो १६ औं वार्षिकोत्सव

सूर्यज्योति लाइफले मनायो आफ्नो १६ औं वार्षिकोत्सव



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६औं वार्षिकोत्सव मनाएको छ । १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्सल ज्योति लाईफ इन्स्योरेन्सबीच २०७९ पौष ७ गते आफ्नो संयूक्त कारोबार सूरु गरेको थियो ।

laxmi

कम्पनीको १६ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्ष देखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने सम्पूर्णलाई कृतज्ञता प्रदान गरे ।

कम्पनीले नविनतम प्रविधिमैत्री तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कदै आएको र सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध ५० लाखसम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिँदै आएको छ ।

नेपालको एकमात्र तथा पहिलो आइएसओबाट सम्मानित सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी ४ सय ५४ करोड, जीवन बीमाकोष ३ हजार २०० करोड, कुल लगानी रु ३ हजार ७ सय ५० करोड रहेको छ भने नेटवर्थ ७ सय ५६ करोड रहेको छ ।

कम्पनीले हाल १ सय ७८ शाखाहरु मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ भने हाल कम्पनीसंग आवद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार रहेको छ ।

कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० दशमलव २६ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि समेत गरि २४ दशलमव ७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL