Logo

गोरखामा वीरेन्द्र ताल फुट्यो : चुमनुब्रीमा भीषण बाढी, पुल बगायो

गोरखामा वीरेन्द्र ताल फुट्यो : चुमनुब्रीमा भीषण बाढी, पुल बगायो



काठमाडौँ । हिउँ पहिरोले गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्र ताल फुटेको छ । ताल फुट्दा बूढीगण्डकीमा पानीको बहाव उच्च भएको छ । बिहान पौने नौ बजे तालमा ठूलो हिउँ पहिरो झरेको वडा सदस्य धेजेन डोमाले जानकारी दिएकी छन् ।

laxmi

उनले भनिन्, ‘तालबाट गण्डकी जत्रै बाढी गएर बूढीगण्डकीमा मिसिएको छ । गण्डकी दोब्बर भएर बढेको छ ।’ पर्यटकीय सिजन भएकाले मनास्लु बेसक्याम्प, वीरेन्द्र ताल अवलोकन गर्न बिहान पर्यटक त्यसतर्फ गएको हुन सक्ने आशंका गरिएको उनले बताइन् ।

हिमपहिरोले सामागाउँबाट साम्दो जाने बाटोको काठे पुल बगाएको प्रहरीले जनाएको छ । ‘बाढीले काठको १५ मिटर लामो एउटा पुल बगाएको सूचना हामीलाई आएको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले भने, ‘प्रहरी टोली घटनास्थलतिर जाँदैछ । क्षतिको थप विवरण आइसकेको छैन ।’

‘बूढीगण्डकीमा पानीको बहाब उच्च भएको छ । हामीले बूढीगण्डकी छेउ किनारका बासिन्दालाई सतर्क रहन जगत, माछाखोला लगायत विभिन्न ठाउँका चौकीहरुमा सूचना गरेका छौँ’, डिएसपी रमेशकुमार श्रेष्ठले भने, ‘सामागाउँ चौकीबाट घटनाबारे थप बुझ्न प्रहरी त्यसतर्फ गइसकेको छ ।’ वीरेन्द्र तालमा हिउँ पहिरो प्राय गइरन्छ तर अहिले ठूलो हिमपहिरो गएको वडाअध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL