Logo

कुमारी बैंकको नाफा १ अर्ब ५ करोड, यस्ता छन् अन्य सूचक ?

कुमारी बैंकको नाफा १ अर्ब ५ करोड, यस्ता छन् अन्य सूचक ?



काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा १९.१२ प्रतिशत घटेर १ अर्ब ५ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

laxmi

समिक्षा अवधिसम्ममा बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.६७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६०.९० प्रतिशत र कुल सञ्चालन आम्दानी १९.१४ प्रतिशत बढेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४ अर्ब २० करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २१ रुपैयाँ ३८ पैसा ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ३ रुपेयाँ ९० पैसा घटेर ५ रुपैयाँ ३५ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ५२ पैसा रहेको छ।

बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ र जगेडा कोष ९ अर्ब ६२ करोड रुपैयाँ छ । चैतसम्म बैंकले ३ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL