Logo

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेटबीच सम्झौता, आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेटबीच सम्झौता, आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने



काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि (नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक) बीच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरुलाई बैंकले आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

laxmi

उक्त सम्झौता–पत्रमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश बि. राजभण्डारीले हस्ताक्षर गरेको हो ।

सम्झौता पत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेटबाट ग्राहकहरुले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंक लिमिटेडबाट आधार दरमा नै अधिकतमा १२ बर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्नेछन ।

ग्राहकहरूले व्यक्तिगत तथा व्यवसायिक दुवै प्रयोजनको लागि टोयोटा ब्राण्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्नेछन । सम्झौता पश्चात युनाइटेड ट्रेडर्स सिन्डिकेटले गरिमा विकास बैंकलाई बैंकिङ पार्टनरको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL