Logo

एसीसी प्रिमियर कप : युएईलाई हराउँदै फाइनलमा पुग्ने नेपालको लक्ष्य

एसीसी प्रिमियर कप : युएईलाई हराउँदै फाइनलमा पुग्ने नेपालको लक्ष्य



काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल आज (शुक्रबार) हुँदैछन् । बुधबार समूह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पूरा भएको थियो ।

laxmi

समूह ‘ए’ बाट नेपाल समूह विजेता र हङकङ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् भने समूह ‘बी’ बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ११ः ४५ बजेदेखि शुरु हुनेछ ।

नेपाल र युएई एसोसियट्स देशका चीरपरिचित प्रतिद्वन्द्वी मानिन्छन् । यी दुईबीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ । नेपाल र युएईबीच अहिलेसम्म ९ टी–२० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ ।

त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दैछन् । यो खेल अपराहन्न ४ः १५ बजेदेखि शुरु हुनेछ । यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी–२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL