Logo

२२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

२२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसावर गएको शुक्रबारको तुलनामा आईतबार नेपाली बजारमा सुनको मूल्य २२ सयले घट्दै प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ पुगेको हो ।

laxmi

यसअघि शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च १ लाख ३९ हजार रुपैयाँ पुगेको थियो ।

सुनको मूल्य ओरालो लागेसँगै आज चाँदीको मूल्यमा पनि प्रतितोला ७० रुपैयाँको गिरावट आएको यसअघि शुक्रबार प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य घट्दै आज प्रतितोला १७ सयमा सीमित भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL