Logo

अर्थतन्त्रमा सुस्तता छाउँदा बैंकहरुलाई ब्याज उठाउन सकस, वाणिज्य बैंकले मात्रै साढे १ खर्ब उठाउन सकेनन

अर्थतन्त्रमा सुस्तता छाउँदा बैंकहरुलाई ब्याज उठाउन सकस, वाणिज्य बैंकले मात्रै साढे १ खर्ब उठाउन सकेनन



काठमाडौं । बजारमा देखिएको आर्थिक मन्दीको कारण बैंकिङ क्षेत्रलाई कर्जाको ब्याज उठाउन सकस परेको छ । चालु आर्थिक वर्षको ८ महिनासम्म २० वाणिज्य बैंकहरुको मात्र साढे १ खर्ब रुपैयाँभन्दा धेरै ब्याज बक्यौता रहेको छ । ब्याज बक्यौता उठाउन नसक्दा बैंकहरुको वितरणयोग्य नाफामा पनि गिरावट आएको छ ।

laxmi

चालु आर्थिक वर्षको पुस मसान्तसम्म आउँदा अधिकांश बैंकहरुको वितरण योग्य नाफा ऋणात्मक रहेको छ । जसको कारण चालु आर्थिक वर्षको नाफाबाट वाणिज्य बैंकले आफ्ना सेयर लगानीकर्तालाई दिने लाभांश पनि घट्ने अवस्था रहेको बैंकरहरुले सार्वजनिक कार्यक्रममा नै बताउँदै आएका छन ।

अर्थतन्त्रमा देखिएको समस्याको कारण पछिल्लो समय बैंकहरुको कर्जा असुली प्रभावित भएको छ । जसको कारण बैंकिङ क्षेत्रको खराब कर्जा आकाशिएको छ । बैंकले सम्भावित कर्जा नोक्सानीका लागि गर्ने ‘प्रोभिजन’ पनि ढ्दै गएको छ । आगामी दिनमा यसलाई नियन्त्रण गर्न नसक्ने हो भने बैंकिङ क्षेत्र समस्यामा पर्ने बैंकरहरुको धारणा छ ।

अर्थतन्त्रमा आएको सुस्तताको असर बैंकिङ क्षेत्रका ऋणीमा पर्दा बैंकहरुको सञ्चित ब्याज बढेको बैंकर पर्शुराम कुँवर बताउँछन । समग्र अर्थतन्त्र नै सुस्त रहेको अवस्थामा बैंकहरुको कर्जा असुली प्रभावित भएको र ऋणीले कर्जाको ब्याज भुक्तानी नगरेपछि उठाउनुपर्ने ब्याज सञ्चितमा बसेकाले बैंकहरुको एनपिएल र सञ्चित ब्याज बढेको उनको बुझाई छ । ब्याज बक्यौता बढ्दा व्यक्ति तथा बैंकलगायत समग्र अर्थतन्त्रका लागि जोखिम बढ्ने उनको बुझाई छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आउँदा सञ्चालनमा रहेको २० वाणिज्य बैंकले १ खर्ब ५३ अर्ब ७१ करोड ५२ लाख रुपैयाँभन्दा धेरै ब्याज उठाउन बाँकी रहेको छ । यस अवधिमा सबैभन्दा धेरै ब्याज उठाउन बाँकी कुमारी बैंकको रहेको छ । यस बैंकको ब्याज बक्यौता १५ अर्ब ६१ करोड ५१ लाख रुपैयाँभन्दा धेरै रहेको छ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ब्याज बक्यौता पनि १५ अर्ब ६० करोड रुपैयाँभन्दा माथि रहेको छ ।

अन्य बैंकको ब्याज बक्यौता सूचीमा

प्रतिक्रिया दिनुहोस्
MBL