Logo

पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान, विदेशको पीआर भएकाले दरखास्त दिन नपाउने (सूचनासहित)

पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान, विदेशको पीआर भएकाले दरखास्त दिन नपाउने (सूचनासहित)



काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ । शनिबार प्रकाशित सूचनाअनुसार इच्छुक व्यक्तिले १२ दिनभित्र आफ्नो आवेदन बुझाउन सक्नेछन् ।

laxmi

सीईओ छनोट उपसमितिका अनुसार आवेदनका लागि ७ हजार रुपैयाँ बुझाउनुपर्नेछ । सीईओ पदका लागि दरखास्त दिनका लागि इच्छुक व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ । विदेशको स्थायी बसोबास (पीआर) भएकाले दरखास्त दिन नपाउने सूचनामा छ ।

त्यस्तै, उसले स्नातकोत्तर पूरा गरेको तथा पर्यटन क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । दरखास्त पेस गर्दा इच्छुकको उमेर कम्तीमा ३५ वर्ष तथा ६० वर्ष नकाटेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL