Logo

लगानी बोर्डबाट चार ऊर्जा आयोजनाका लागि ९९ अर्ब २० करोडको लगानी स्वीकृत

लगानी बोर्डबाट चार ऊर्जा आयोजनाका लागि ९९ अर्ब २० करोडको लगानी स्वीकृत



काठमाडौं । लगानी बोर्डले विभिन्न चार ऊर्जा आयोजनाका लागि ९९ अर्ब २० करोडको लगानी स्वीकृत गरेको छ । बिहीबार बसेको लगानी बोर्ड नेपालको ५७ औं बोर्ड बैठकले सो लगानी स्वीकृत गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरेको बोर्ड बैठकबाट सुपर तमोर, माथिल्लो मोदी ए, तल्लो मनाङ एचईपी र २५० मेगावाटको सौर्य ऊर्जा आयोजना गरी चार ऊर्जा आयोजनाका लागि ९९ अर्ब २० करोडको लगानी स्वीकृत भएको छ । साथै बोर्डले नेपाल लगानी सम्मेलन २०२४ लाई प्रभावकारी रुपमा आयोजना गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL