Logo

प्रधानमन्त्री भन्छन्, श्रमिकका समस्या समाधान गर्न श्रम आयोग गठन गर्नुपर्छ, युवालाई रोजगारी दिन छुट्टै कार्ययोजना बनाइने

प्रधानमन्त्री भन्छन्, श्रमिकका समस्या समाधान गर्न श्रम आयोग गठन गर्नुपर्छ, युवालाई रोजगारी दिन छुट्टै कार्ययोजना बनाइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ पुस, काठमाडौं । प्रधानमन्त्री शुसील कोइरालाले श्रम आयोग गठन गर्नुपर्ने बताएका छन् । ‘विभिन्न उद्योग, कलकारखाना देखि सामान्य कामदारको रुपमका कार्यरत श्रमजिविहरुको लागि छुटै श्रम आयोग आवश्यक रहेको छ,’ संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा राजधानीमा आयोजित तेस्रो ट्रेड युनियन सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘श्रम सम्बन्धी ऐन, नियम र कानुन सबैको लागि न्याय पुर्ण बनाउन विभिन्न टे«ड युनियले छलफल बहस गरेर उपयुक्त कानुन बनाउनु पर्छ ।’

सरकारले युवाहरुको लागि पर्यटन, जलस्रोत एवं उद्यमी जस्तो विषयलाई रोजगारीको अवसरको रुपमा कार्ययोजना बनाएर अघि लैजाने काइरालाले जानकारी दिए ।

यसैगरी काइरालाले सहमतिबाट नै संविधान बनाउने र यस विषयमा सहमति जुट्न लागेको जानकारी दिए । ‘कसैको हार र जीतमा संविधान आउँदैन,’ उनले भने, ‘संविधान समयमै ल्याउनका लागि सबै राजनीतिक पार्टीहरु लचिलो हुनुपर्दछ ।’

‘विविधतामा एकता’ भन्ने मुल नाराको साथ आयोजना गरिएको टे«ड युनियनको तेस्रो राष्ट्रिय सम्मेलनमा ७ सय २५ जना प्रतिनिधिहरु सहभागी भएको आयोजक कमिटिका सदस्य जयबहादुर योञ्जनल जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL