Logo

बागलुङको रिठेखोलामा पक्की पुल निर्माण, संघीय सरकारको दुई करोड अनुदान

बागलुङको रिठेखोलामा पक्की पुल निर्माण, संघीय सरकारको दुई करोड अनुदान



काठमाडौं । पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । सङ्घीय सरकारको दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो ।

laxmi

बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ नगरपालिका–१० भकुण्डेको सिमानामा बग्ने रिठेखोलामा पुल निर्माण भएपछि भकुण्डे हुँदै रायडाँडा पुग्न पनि सहज भएको छ । पुल बनेपछि सधैभरि सवारी साधन सञ्चालन गर्न सकिने बागलुङ नगरपालिकाले जनाएको छ ।

भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन भएको गाउँ भएकाले विदेशी पर्यटकहरुका निम्ति आकर्षण बनेको छ तर अन्य भौतिक पूर्वाधार पनि निर्माण गर्न जरुरी भएको संविधानसभा सदस्य नरबहादुर थापाले बताए । उनले भकुण्डे पुग्ने बाटोमा पुल बने पनि सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । ‘अब नगरपालिकाको ध्यान सडक स्तरोन्नतिमा जानुपर्छ’, उनले भने । नव निर्मित पुल २५.८ मिटर लामो छ भने यसको चौडाइ ६.६ मिटर छ । पुललाई बाढी पहिरोबाट जोगाउन धमाधम ‘ग्याबिन वाल’ लगाइँदैछ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL