Logo

नेपालको सेयर बजारबाट कसरी गर्ने बम्पर आम्दानी ? घटेको बजारमा पनि यसरी टन्न कमाउनुस

नेपालको सेयर बजारबाट कसरी गर्ने बम्पर आम्दानी ? घटेको बजारमा पनि यसरी टन्न कमाउनुस



काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । मानिसहरु सेयर बजारमा पैसा कमाउन आउँछन् तर ,सही जानकारी नहुँदा ठूलो नोक्सानी बेहोर्नुपरेको छ । बजारमा धेरै लगानीकर्ताहरू छन् जसले धेरै पैसा गुमाएका छन् ।

laxmi

यदि तपाई सेयर बजारमा राम्रो नाफा कमाउन चाहनुहुन्छ भने विश्वका अग्रणी लगानीकर्ता वारेन बफेटका यी सुझावहरु पालना गर्न सक्नुहुन्छ । वारेन बफेटलाई नचिन्ने सायदै शेयर बजारमा पैसा लगानी गर्ने मान्छे होलान । बफेटले सन् १९९४ मा बर्कशायर ह्याथवेको वार्षिक बैठकमा भनेका थिए, ‘कपाल काट्ने कि नकाटने भनेर नाईलाई कहिल्यै सोध्नु हुँदैन ।’ यस्तै वारेन बफेटका लगानी सुझावहरू धेरै छन् । जो नेपाली सेयर लगानीकर्ताहरुका लागि पनि निकै उपयोगी हुन सक्छन् । जसलाई मनन गर्न सके नेपालको सेयर बजारबाट टन्न पैसा कमाउन सकिन्छ ।

लगानी गर्नुअघि अनुसन्धान गर्नुहोस्

वारेन बफेटका अनुसार लगानीका विषयमा विशेषज्ञ वा एजेन्टको आफ्नै स्वार्थ हुन्छ । तसर्थ, तपाईंले लगानी गर्नु अघि सधैं आफ्नो अनुसन्धान गर्नुपर्छ । वारेन बफेट भन्छन् कि कुनै पनि कम्पनीको काम वा यसको नतिजामा आँखा चिम्लिएर विश्वास गर्नु आवश्यक छैन् ।
यस्तै तपाईंले सजिलैसँग लिन सक्ने जोखिमहरू लिनुपर्छ । खोलाको किनारमा बसेर दुवै खुट्टा पानीमा राखेर गहिराइ नाप्ने प्रयास गरेमा डुब्न सकिन्छ । यसका लागि एउटा हातले किनारलाई बलियो समातेर एउटा खुट्टाले आफूलाई सन्तुलनमा राखेर अर्को खुट्टाले नदीको गहिराई नाप्नु जरुरी छ ।

यसरी बचत गर्नुहोस्

वारेन बफेट भन्छन् कि तपाईले हरेक महिना आफ्नो तलबबाट बचत गर्ने बानी बसाल्नु पर्छ । बफेटका अनुसार यदि तपाईको तलब रु १०,००० छ भने तपाईले प्रत्येक महिना २,००० रुपैयाँ बचत गर्नुपर्छ । यो पैसा तपाईलाई आपतकालीन अवस्थामा धेरै उपयोगी हुन सक्छ । यसरी तपाईले ६ महिनाको आफ्नो घरायसी खर्च अनुसार आपतकालीन कोष पनि बनाउनुपर्छ ।

जब सबै डराउँछन्, लोभी बन्नुहोस्

वारेन बफेटका अनुसार, जब बजारमा सबै कुरा राम्ररी चलिरहेको छ, शंकालु हुनुहोस् । जब अरू लोभी हुन्छन्, डराउनुपर्छ र अरू सबै डराउँछन्, लोभी बन्नुपर्छ । लगानीकर्ता सधैं अवसरहरूको खोजीमा हुनुपर्छ । जब तपाइले अवसर फेला पार्नुहुन्छ, त्यसलाई नछुटाउनुहोस् । यी अवसरहरू प्रयोग गर्ने मानिसहरू सधैं सफल हुन्छन् ।

लगानी दीर्घकालीन खेल हो

पैसा एक राति नै बढ्ने होईन । अर्थात नौ जना महिला गर्भवति भएर एक महिनामै बच्चा जन्मिदैन । सोहीअनुसार नतिजा प्राप्त गर्न पनि समय कुर्नुपर्छ । त्यसैले वारेन आफुले जस्तै सफलता प्राप्त गर्न निश्चित समय कुर्नुपर्ने बताउँछन् । लगानी गर्दा एकैरातमा पैसा फल्छ भन्ने सोच राख्नुहुँदैन । लगानी गर्दा लामो समयसम्म लगानी गर्न सक्छु भन्ने अठोटसहित लगानी गर्नुपर्ने उनको भनाई छ । यस्तै उनले हालसम्म कहिल्यैपनि स्टकको कारोबार गरेका छैनन् । उनले भन्ने गर्छन ‘यदि आफुले किनेको सेयर कम्तीमा १० बर्षसम्म राख्नुपर्दछ यदि त्यस्तो गरिन्न भने लगानी गर्नेबारे पनि सोच्नुहुँदैन ।’

धेरै कम्पनीको सेयरमा लगानी गर्नु सँधै राम्रो हुन सक्दैन

धेरै लगानीकर्ताहरु धेरै कम्पनीमा थोरै–थोरै लगानी गर्नुलाई राम्रो मान्छन । तर, बफेट भने यो आईडियालाई ठीक मान्दैनन । उनका अनुसार धेरै कम्पनीमा लगानी गर्नु अनुभव नभएका लगानीकर्तालाई मात्रै ठीक हुन्छ । तर, अनुभव भएका लगानीकर्ताले भने एकै कम्पनीमा दीर्घकालसम्मका लागि लगानी गर्नु उचित हुने उनी बताउँछन् ।

आफुले थाहा नपाएको कम्पनीमा लगानी नगर्नुहोस

यो वारेन बफेटको सबैभन्दा महत्वपुर्ण टिप्स मानिन्छ । धेरै मानिसहरुले आफुले मेहनत गरी कमाएको पैसा आफुलाई थाहै नपाएको कम्पनीमा लगानी गर्छन । जो डुब्ने सम्भावन प्रबल रहन्छ । तर यस्तो गर्नु गल्ती हुने वफेट बताउँछन । उनका अनुसार अरुले राम्रो भनेको आधारमा सेयर बजारमा लगानी गर्नु उचित हुँदैन । तर उक्त कम्पनीलाई एकचोटी ध्यान दिएर बुझेर मात्रै लगानी गर्नुपर्ने उनको भनाई छ ।

यी टिप्सहरु वारेन वफेटले धेरैलाई दिने टिप्सहरु हुन् । यस्तै उनको केही अन्य टिप्सहरु भने यसप्रकार छन् :


आफुले आफुलाई सफल लगानीकर्ताको रुपमा विश्वास गर्नुस

आफुले लगानी गरेको कम्पनीलाई आफ्नै कम्पनी सोच्नुस

सस्तो भन्दा पनि गुणस्तरीय स्टक खरिद गर्नुहोस

भावुक नहुनुस ।

प्रतिक्रिया दिनुहोस्
MBL