Logo

नेपाल पर्यटन बोर्डको आयोजनामा महिला गाइडलाई रेस्क्यु तालिम, सीपयुक्त जनशक्ति विकासमा जोड

नेपाल पर्यटन बोर्डको आयोजनामा महिला गाइडलाई रेस्क्यु तालिम, सीपयुक्त जनशक्ति विकासमा जोड



काठमाडौं । नेपाल पर्यटन बोर्डले २५ महिला गाइडहरुलाई रेस्क्यू सम्वन्धि तालिम प्रदान गरेको छ । सीपयुक्त जनशक्तिको विकास नगरेसम्म गुणस्तरीय पर्यटन प्रवद्र्धन सम्भव नहुने भन्दै नेपाल पर्यटन बोर्डले पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानसँगको सहकार्यमा २०८० चैत्र ७ देखि १३ गतेसम्म महिला गाइडहरुलाई सात दिने रेस्क्यू तालिम प्रदान गरेको हो ।

laxmi

माउन्टेन गाइड बन्नका लागि आवस्यक पर्ने पाठ्क्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीपहरु उक्त तालिमका क्रममा सिकाइएको थियो । नेपाल पर्वतारोहण प्रशिक्षक संघको प्राविधिक सहयोग रहेको यस तालिम काठमाडौंको जकडोल जंगलमा गरइएको थियो ।

उद्धार सम्वन्धि ब्यवहारिक तालिम आवश्यक रहेको हुँदा नेपाल पर्यटन बोर्डले यस तालिमको आयोजना गरेको बोर्डका बरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बताए । यस आर्थिक वर्षमा पर्यटन जनशक्ति सुदृढ बनाउन बोर्डले रेस्क्यु, बारिस्ता, मौलिक बाजाहरुको प्रशिक्षण, पर्यटनमैत्री ब्यवस्थापनका लागि तालिमको आयोजना गरिरहेको पनि बताए । सरकारले राखेको पर्यटन दशक (२०२३–२०३३) को उद्देश्य पुरा गर्न समेत यस्ता सीपयुक्त जनशक्ति विकास गर्नुपर्ने आवस्यकता भएको उनले बताए ।

तालिमका क्रममा भीर र खोँचमा फसेका व्यक्ति, आरोहणका क्रममा क्रिभास भित्र पसेका व्यक्तिलाई सहज रुपमा उद्धार गर्न र सुरक्षित स्थानमा पुर्याउने लगायत सक्ने गरी तालिममा अभ्यास गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL