Logo

गृहमन्त्री रविको एक्सन : सुन तस्करीमा महरा र बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीको बयान लिन निर्देशन

गृहमन्त्री रविको एक्सन : सुन तस्करीमा महरा र बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीको बयान लिन निर्देशन



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले ६१ किलो सुन प्रकरणमा माओवादी केन्द्रिय सदस्य तथा पूर्व सभामुख कृष्णबहादुर महरा र बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । आईतबार मन्त्री लामिछानेले गृह सचिव एकनारायण अर्याल र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीलाई बोलाएरै उनिहरुलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

laxmi

यसअघि गत बिहीबार सुन प्रकरणसम्बन्धी छानविन आयोगले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा सुन प्रकरणमा संलग्नहरुलाई कारबाही सिफारिस गरिएको थियो । सोही अनुसार मन्त्री लामिछानेले सकेसम्म चाँडो महरालाई बयान लिएर कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको स्रोतले बतायो ।

स्रोतका अनुसार यसअघि बाँसबारीको छालाजुत्ता कारखानाको जग्गाका बिषयमा समेत सीआइबीले चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका भाइ अरुण चौधरीलाई पक्राउ गरी बयान लिने काम गरिसकेको छ । उनलाई सिआइबीले तारेखमा रिहाई गरिसकेपछि दाइ विनोद चौधरीसँग पनि यसको बयान लिन निर्देशन भएको हो ।

यसअघि गएको माघ १८ गते बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि अरुण चौधरीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL