Logo

आठ महिनामा २९ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, १३ हजार बढीले रोजगारी पाउने

आठ महिनामा २९ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, १३ हजार बढीले रोजगारी पाउने



काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ८ महिनामा नेपालमा २९ अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको साउनदेखि फागुनसम्मको अवधिमा नेपालमा ३१७ परियोजनामार्फत २९ अर्ब १३ करोड ४५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । यसरी चालु आवमा मात्रै आएको वैदेशिक लगानी प्रतिवद्धतामार्फत करिव १३ हजार बढीले रोजगारीको अवसर पाउने देखिन्छ ।

laxmi

यस्तो लगानी फागुन महिनामा मात्रै ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको भित्रिएको छ । विभागका अनुसार फागुनमा भित्रिएको उक्त वैदेशिक लगानीको प्रतिवद्धतामध्ये २० करोड बराबरको प्रतिवद्धता नेपालमा स्थापित विदेशी परियोजनामार्फत र बाँकी ६ अर्ब ४७ करोडको प्रतिवद्धता नयाँ परियोजनामार्फत आएको हो ।

चालु आवको फागुनसम्म लगानी ल्याउने प्रतिवद्धता जनाएका विदेशी नयाँ परियोजनामध्ये साना क्षमताका २ सय ३८ परियोजना, मझौला १२ र ठूला ३ परियोजना उद्योग विभागमा दर्ता भएका छन् । यस्तै यसै अवधिमा पर्यटन क्षेत्रका १ सय १५, सेवा क्षेत्रका ८८, उत्पादनमुलक क्षेत्रका ३३ परियोजना विभागमा दर्ता भएका छन् । यस्तै पछिल्लो ८ महिनामा विभागमा सूचना तथा प्रविधि क्षेत्रका ८, पूर्वाधार क्षेत्रका ६, कृषि क्षेत्रका ४ र खानीजन्य क्षेत्रका २ परियोजना विभागमा दर्ता भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL