Logo

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, १ लाख २६ हजार पुग्यो

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, १ लाख २६ हजार पुग्यो



काठमाडौं । आइतबार सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम भएको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाता सुनको मूल्य तोलाको १ लाख २५ हजार रुपैयाँ थियो ।

laxmi

पछिल्लो केहि समय यता सुन–चाँदीको मूल्य लगातार उकालो लागि रहेको छ । विश्व बजारमा सुनको अमेरिकी डलरसँग उल्टो सम्बन्ध हुन्छ । अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले ब्याजदर कटौतीको बारेमा अस्पष्टताकै बीच पछिल्लो तीन हप्तादेखि सुनको मूल्य बढ्दै गइरहेको छ । फलस्वरूप, यसले सुनलाई हालको कीर्तिमानी उच्च मूल्यको विन्दुमा पुर्याउन मद्दत गरेको हाे ।

आइतबार छापावाला सुनको मूल्यसँगै तेजावी सुनको मूल्य पनि बढेको छ । यसदिन तेजावी सुनको मूल्य पनि तोलाको १ हजार रुपैयाँले नै बढेर १ लाख २५ हजार ४ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार यसको मूल्य तोलाको १ लाअ २४ हजार ४ सय रुपैयाँ थियो ।

सुनको मूल्यसँगै आइतबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर १ हजार ४७५ रुपैयाँ कायम भएको छ । शुक्रबार यसको मूल्य तोलाको १ हजार ४७० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL