Logo

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा किन पुग्यो ? यस्ता छन् विश्वबजारमा देखिएका प्रमुख कारण

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा किन पुग्यो ? यस्ता छन् विश्वबजारमा देखिएका प्रमुख कारण



काठमाडौं । विश्व बजारमा बिहीबार पहेँलो धातु सुनको मुल्य हालसम्मकै उच्च अर्थात प्रतिऔंस २ हजार १ सय ६५ डलरसम्म पुग्यो । जुन हालसम्मकै उच्च विन्दु हो । यसैका कारण नेपाली बजारमा पनि बिहीबार यसको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ पुगेको थियो । खासगरी पछिल्लो एक हप्तामा मात्रै विश्व बजारमा सुनको मूल्य करिव १ सय २० डलर प्रतिऔंसले बढ्दा नेपाली बजारमा प्रतितोला साढे ६ हजार रुपैयाँले बढिसकेको छ ।

laxmi

गत हप्ताको बिहीबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य नेपाली बजारमा बिहीबारसम्म आईपुग्दा प्रतितोला १ लाख २५ हजार रुपैयाँ पुगेको हो । यस्तै विश्व बजारमा गत हप्ताको बिहीबारसम्म प्रतिऔंस २ हजार ४५ को आसपासमा कारोबार भईरहेको सुनको मूल्यो यो हप्ता एकाएक बढेर प्रतिऔंस २ हजार १ सय ६५ डलरसम्म पुगेको हो ।

नेपाली बजारमा शुक्रबार भने सुनको मूल्य स्थिर छ । अर्थात नेपाली बजारमा शुक्रबार बिहीबारकै बराबर मूल्यमा सुन र चाँदीको कारोबार भईरहेको छ ।

किन बढिरहेको छ सुनको मूल्य ?

विश्व बजारमा सुनको अमेरिकी डलरसँग उल्टो सम्बन्ध हुन्छ । अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले ब्याजदर कटौतीको बारेमा अस्पष्टताकै बीच पछिल्लो तीन हप्तादेखि सुनकाे मूल्य बढ्दै गइरहेको छ । फलस्वरूप, यसले सुनलाई हालको कीर्तिमानी उच्च मूल्यको विन्दुमा पुर्याउन मद्दत गरेको देखिन्छ ।

फेडको नीतिले सुनको मूल्यलाई कसरी असर गर्छ ?

अमेरिकी मौद्रिक नीतिप्रतिको अनुमान र फेडको न्युन ब्याजदरबाट सुनका लगानी गर्ने लगानीकर्ताहरुले फाईदा उठाईरहेका छन् ।

गएको बुधवार, फेडका अध्यक्ष जेरोम पावेलले अर्थव्यवस्था अपेक्षित रूपमा चल्यो र मुद्रास्फीति शान्त रह्यो भने यस वर्ष कुनै बिन्दुमा ब्याज दर कटौती हुने सम्भावना रहेको बताएका थिए ।

सामान्यतया, फेडको ब्याजदर घट्ने बित्तिकै सुनको मूल्य बढ्छ, जुन केही विश्लेषकहरूले अनुमान गरेको भन्दा चाँडो हुन सक्ने विकास हो ।

सीएमइ समूहको फेड वाच उपकरणका अनुसार, केन्द्रीय बैंकले जुनको बैठकमा आफ्नो संघीय प्रभावकारी कोष दर्र ७३.९ प्रतीशतसम्मले कटौति गर्ने सम्भावना रहेको देखिन्छ । यसले वर्षको दोस्रो त्रैमाससम्म सुनको मूल्य बढाईरहन मद्दत पुर्याउने विश्लेषकहरु बताउँछन् ।

सुनको मूल्य बढेसँगै लगानीकर्ताहरू प्रायः सुनतर्फ आकर्षित हुन्छन् किनभने यसले सुरक्षित लगानीको रूपमा कार्य गर्दछ । विश्वव्यापी बजारहरू अस्थिर हुँदा अक्सर सुनको मूल्य भने उकालो लागिरहेको हुन्छ । सुनको मूल्यमा हालैका केही वृद्धि युक्रेन र गाजाका युद्धहरू सहित भूराजनीतिक द्वन्द्वले पनि प्रभाव पारेको देखिन्छ ।

सुनको मूल्यलाई समर्थन गर्ने अर्को कारक भनेको सन् २०२२ देखि केन्द्रीय बैंकले गर्ने गरेको सुन खरिद हो । विशेष गरी चिनियाँ केन्द्रिय बैंकले सुनमा लगानी बढाउँदा यसको मूल्यले बढ्ने मौका पायो । यो प्रवृत्ति सन् २०२३ मा जारी रह्यो र सन् २०२४ मा पनि जारी छ । केन्द्रीय बैंकहरूले जनवरीमा ३९ टन सुनको भण्डार बढाएको रिपोर्ट गरे, जुन डिसेम्बरमा खरिद गरिएको रकम र लगातार आठौं महिना शुद्ध खरिदको दोब्बरभन्दा बढी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL