Logo

निगमको ग्राउण्ड ह्याण्डलिङ सेवाको गुणस्तर आइसागो प्रमाणित, २ बर्षका लागि नवीकरण

निगमको ग्राउण्ड ह्याण्डलिङ सेवाको गुणस्तर आइसागो प्रमाणित, २ बर्षका लागि नवीकरण



काठमाडौं । नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रदान गर्दै आइरहेको ग्राउण्ड ह्याण्डलिङ सेवाको गुणस्तर आएटा सेफ्टी अडिट फर ग्राउन्ड अपरेशन (आइसागो) बाट प्रमाणिकरण भएको छ । यससँगै कमम्पनीले प्रदान गर्दै आएको उक्त सेवा २ बर्ष अर्थात आगामी मार्च ५ २०२६ सम्मका लागि नवीकरणसमेत भएको निगमले जानकारी दिएको छ ।

laxmi

आएटा आइसागोको नियमानुसार दुई–दुई वर्षमा गरिने लेखापरिक्षणका लागि आएटाका आधिकारीक लेखा परिक्षकहरुले लेखापरिक्षण गरे पश्चात निर्धारीत सबै मापदण्ड पुरा गरेको हुनाले निगमलाई यो प्रमाणपत्र प्रदान गरिएको हो ।

निगमको ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि निगमले विगत सन् २०१६ अगष्ट २६ देखि आएटा आइसागो प्रमाणपत्र प्राप्त गरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्य वायुसेवाहरुको अन्तरराष्ट्रिय उडानहरुमा ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL