Logo

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख २३ हजार

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख २३ हजार



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च पुगेको छ । मंगलबार नेपाली बजारमा सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको हो ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि गएको पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज उच्च पुगेको हो ।

यसअघि गत पुस १२ गते प्रतितोला रु एक लाख २२ हजारको उच्चदरमा छापावाल सुन कारोबार भएको थियो । त्यसपछि केही समय सामान्य रही यही फागुन २ गते एक लाख १६ हजार पाँच सयसम्म आएको सुनको मूल्य त्यसयता उतारचढाव हुँदै आज हालसम्मकै उच्च बनेको हो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस दुई हजार एक सय १५ डलर आसपास कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १४ सय ४५ रुपैयाँ पुगेको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL