Logo

नयाँ गठबन्धन सरकारको मन्त्री र कार्यबिभाजन टुंग्याउन कार्यदलको बैठक बस्दैं, को-को बन्लान मन्त्री ?

नयाँ गठबन्धन सरकारको मन्त्री र कार्यबिभाजन टुंग्याउन कार्यदलको बैठक बस्दैं, को-को बन्लान मन्त्री ?



काठमाडौं । नयाँ गठबन्धन सरकारको संख्या र कार्यबिभाजन टुंग्याउनका लागि कार्यदलका बैठक बस्दैँछ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धन निर्माण भएसँगै गठन भएको कार्यदलको बैठक बस्न लागेको हो ।

laxmi

बैठक दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । सो बैठकले मन्त्रालय संख्या र जिम्मेवारी बाँडफाँड टुङ्गो लगाउन बारेमा प्रारम्भिक छलफल गर्नेछ ।

मन्त्रीहरूको बाँडफाँडका लागि एमालेबाट महासचिव शङ्कर पोखरेल, माओवादीका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठलाइ जिम्मेवारी दिइएको छ ।

नयाँ गठबन्धन निर्माण भएसँगै सोमवार नै बिना विभागीय मन्त्रीको रूपमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले पद तथा गोपनियताको सपथ लिइसकेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL