Logo

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, कांग्रेस सरकारबाट बाहिरिने आँकलन

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, कांग्रेस सरकारबाट बाहिरिने आँकलन



काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको खटपटसँगै सोमबार विहान सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बिहान ८ बजे बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचनलगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

laxmi

राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुने चर्चाबीच राजनीतिक गतिविधि बढेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा व्यस्त छन् । कांग्रेससँग विवादकै बीच प्रधानमन्त्री प्रचण्डले आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

यसैबीच सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गरेका छन् । आइतबार अपराह्न सभापति देउवाले आफ्नो निजी निवास बूढानिलकण्ठमा मन्त्रीहरूसँग छलफल गरेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्रीले एमालेसँग नयाँ गठबन्धनका लागि लगभग सहमति गरिसकेको कांग्रेस सरकारबाट बाहिरिने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL