Logo

सुन तस्करीको नयाँ तरिका, लुगामा सुन दलेर ल्याउने एक पक्राउ

सुन तस्करीको नयाँ तरिका, लुगामा सुन दलेर ल्याउने एक पक्राउ



काठमाडौं । लुगामा सुन दलेर तस्कर गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । सुन दलेको लुगा लगाएर दुबईबाट नेपाल आएका भारतका ३५ वर्षीय मोहम्मद जिसाह त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् ।

laxmi

इन्डिगो एअरलाइन्सको विमान चढेर जिसाह दुबईबाट मुम्बई हुँदै बिहीबार बिहान काठमाडौं आइपुगेका थिए । शंकास्पद व्यवहार देखाएपछि प्रहरीले शरीर खानतलासी गर्दा उनले लगाएको पाइन्ट, गञ्‍जी र अन्डरवेयरमा समेत सुन भेटिएको प्रहरी स्रोतले जानकारी दियो ।

उनले कपडामा दलेर कम्तिमा २ किलो २१० ग्राम सुन तस्करी गरेको भेटिएको छ । निजमाथि थप अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL