Logo

अर्थमन्त्री महतको महासमितिमा प्रतिवेदन, भने-बिग्रिएको अर्थतन्त्र म आएपछि सुध्रियो (पूर्णपाठ)

अर्थमन्त्री महतको महासमितिमा प्रतिवेदन, भने-बिग्रिएको अर्थतन्त्र म आएपछि सुध्रियो (पूर्णपाठ)



काठमाडौं । अर्थ मन्त्रालय सम्हालिरहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्रलाई आफू आएपछि सुध्रिएको दाबी गरेका छन् । गोदावरीमा जारी महासमितिको बैठकमा उनले पेश गरेको आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्तावमार्फत उनले यस्तो दाबी गरेका हुन् ।

laxmi

प्रतिवेदनमा महतले आफूले अर्थ मन्त्रालय सम्हालेपछि खुम्चिएको आर्थिक वृद्धि, स्रोतमा रहेको चापको अवस्था, असन्तुलन रहेको बाह्य क्षेत्रलगायतको सुधार भएको जिकिर गरेका छन् । उनले पर्यटक आगमन, होटल र रेस्टुराँ, निर्माण, उत्पादन, खुद्रा र होलसेल व्यापार बढेको संकेत देखिएको, विप्रेषण उल्लेखनीय रूपमा बढेको, विद्युत् उत्पादन र निर्यात बढेको, घरजग्गा क्षेत्र केही चलायमान हुने संकेत देखिएको, सार्वजनिक खर्च बढ्दो क्रममा रहेको उल्लेख गरेका छन् ।

आगामी दिनमा पुँजीगत खर्च बढ्ने आश्वासन दिएका महतले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न प्रयत्नशील रहेको उल्लेख गरेका छन् । महतको प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न हामी प्रयत्नशील छौं । हाल बैंक तथा वित्तीय प्रणालीमा तरलता सहज रही लगानीयोग्य पुँजी पर्याप्त रहेकाले लगानीको लागत कम भई उत्पादन वृद्धि हुने अपेक्षा रहेको छ। साथै, जल विद्युत्, पर्यटन, कृषिमा व्यवसायीकरण र सूचना प्रविधि उद्योगलाई सम्भावनाका क्षेत्रको रूपमा पहिचान गरी लगानी बढाउने नीति लिइएकाले दूरदराज र पिछडिएको क्षेत्रमा समेत पूर्वाधार, उत्पादन र रोजगारीका अवसर सिर्जना हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL