Logo

दुबईबाट काठमाडौं आएका भारतीय नागरिक झन्डै १ किलो सुनसहित विमानस्थलबाट पक्राउ

दुबईबाट काठमाडौं आएका भारतीय नागरिक झन्डै १ किलो सुनसहित विमानस्थलबाट पक्राउ



काठमाडौं । ​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब ८ सय ५५ ग्रामसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर सोमबार राति पक्राउ परेका छन् ।

laxmi

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको उक्त वस्तुसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL