Logo

नेदरल्याण्डसविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपाल, नेदरल्याण्डस ३३ रनमा दुई विकेट गुमाएर खेल्दै

नेदरल्याण्डसविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपाल, नेदरल्याण्डस ३३ रनमा दुई विकेट गुमाएर खेल्दै



काठमाडौं । नेपालले नेदरल्याण्डसविरुद्ध दोस्रो सफलता हासिल गरेको छ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ । नेदरल्याण्ड्सलाई नेपालले सुरुदेखि नै दबाबमा राखेको छ ।

laxmi

नेपालले टस जितेर नेदरल्याण्ड्सलाई ब्याटिङको निम्तो दिएको हो । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेदरल्याण्ड्सले ११ ओभर खेलिसक्दा २ विकेट गुमाइएर ३३ रन बनाएको छ । नेपालका लागि ललित राजवशी र सोमपाल कामीले विकेट लिए । पहिलो ओभरमा नै नेपालले विकेट लिन सफल भएको हो ।

तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराउन सफल भएका हुन् । नेदरल्यान्ड्सले कुनै पनि रन नबनाई पहिलो विकेट गुमाउन पुगेको हो । आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL