Logo

हकप्रदमा हिमालयन रिको गैरकानूनी घोषणापछि बीमा प्राधिकरणको स्पष्टीकरण, भन्यो-कारबाही किन नगर्ने ?

हकप्रदमा हिमालयन रिको गैरकानूनी घोषणापछि बीमा प्राधिकरणको स्पष्टीकरण, भन्यो-कारबाही किन नगर्ने ?



काठमाडौं । नियमविपरित हकप्रद सेयर जारीको घोषणा गरेपछि नेपाल बीमा प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्सलाई स्पष्टिकरण सोधेको छ । कम्पनीले बीमा प्राधिकरणको नियमविपरित हकप्रद सेयर निष्काशनको सूचना जारी गरेपछि प्राधिकरणले आइतबार स्पष्टीकरण सोधेको हो ।

laxmi

बीमा प्राधिकरणले गतहप्ता रि–इन्स्योरेन्सहरुको चुक्ता पुँजी वृद्धिको निर्णय गर्दै पुनर्बीमा कम्पनीलाई सोहीअनुरुप योजना पेश गर्न १५ दिनको समयसीमा दिएको थियो । तर, हिमालयन रिले भने प्राधिकरणको उक्त निर्देशन लत्याउँदै सेयर बजारलाई प्रभावित पार्नेगरी हकप्रद सेयर जारी गर्ने निर्णय गरेका थियो ।

नियमत बोर्डले १५ दिनभित्र पुँजी वृद्धिको कार्ययोजना पेश गर्न निर्देशन दिएसँगै हिमालयन रिले उक्त कार्ययोजना आफ्नो संचालन समितिबाट पास गराएर प्राधिकरणसमक्ष पेश गर्नुपर्ने हुन्छ । तर,हिमालयन रिले सो सम्बन्धमा प्राधिकरणलाई कुनै जानकारी नगराई आफुखुशी संचालक समितिबाट पारित गराएर हकप्रदको सुचना बाहिर निकालेको प्राधिकरण स्रोतले बतायो । स्रोतका अनुसार यसै सूचनालाई आधार मान्दै प्राधिकरणले कारबाही किन नगर्ने भन्दै कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।

यसैगरी नेपाल धितोपत्र बोर्डले पनि नियामक निकायमा जानकारी नगराई हिमायन रिले हकप्रद सेयरको सुचना जारी गर्न नमिल्ने बताइसकेको छ । यसअघि हिमालय रिले कानूनविपरित प्रिमियम मूल्यमा सेयर बिक्री गरेरपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ भने संसदको सार्वजनिक लेखा समितिले समेत उक्त प्रिमियमसम्बन्धमा छानविन गर्न निर्देशन दिएको छ ।

बीमा ऐन र कम्पनी ऐनअनुरुप हिमालयन रिले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न नमिल्ने भएपनि उक्त कानून उल्लघंन गर्दै सर्वसाधारणलाई प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरी सेयर बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL