Logo

चौधरी पक्राउप्रति व्यवसायीको आक्रोश : धरपकड शैलीमा पक्राउ गरियो, यसले सम्पूर्ण निजीक्षेत्रको मानमर्दन भएको छ

चौधरी पक्राउप्रति व्यवसायीको आक्रोश : धरपकड शैलीमा पक्राउ गरियो, यसले सम्पूर्ण निजीक्षेत्रको मानमर्दन भएको छ



काठमार्डौं । व्यवसायी अरुण चौधरी पक्राउप्रति निजी क्षेत्रले विरोध जनाएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै व्यवसायीमाथि धरपकड शैलीमा पक्राउ गरिनु सम्पूर्ण निजीक्षेत्रको मान मर्दन भएको नेपाल उद्योग परिसंघ (सिएनआइ) का अध्यक्ष राजेश अग्रवालले बताए ।

laxmi

उनले पक्राउ गर्नुअघि प्रहरीले सूचना नदिएको र हठात् पक्राउ गरेको भन्दै धरपकड शैलीमा पक्राउ गरिनु सम्पूर्ण निजी क्षेत्रको मानमर्दन भएको बताए । यो घटनाबाट निजी क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताउँदै उनले स्वदेशी लगानीकर्तासमेत त्रसित भएको बताए ।

‘यसले स्वदेशी लगानीकर्तासमेत त्रसित भएका छन् भने विदेशी लगानीको सम्भावनामा पनि ठेस पुगेको छ । कसैलाई पनि अनुमानका आधारमा पक्राउ गर्न हुँदैन,’ अग्रवालले भने । व्यवसायी विनोद सेठियाले व्यवसायीलाई पक्राउ गर्नु राम्रो होइन भन्दै गल्ती गरेमा अदालतले सजाए दिने बताए । ‘लगानी सम्मेलनको कुरा भइरहेको बेलामा स्वदेशी लगानीकर्ता माथि डण्डा बर्साउनु राम्रो होइन’, उनले भने ।

स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रमाथि सबैतिर आक्रमण भएको र यस्तो हुँदा निजी क्षेत्र र देशको बिकाश नहुने बताए । ‘समस्या भए छलफलबाट अघि बढ्नु पर्छ, धरपकड गर्न हुँदैन । वहाँलाई चाँडो भन्दा चाँडो रिहाई गर्नुपर्छ’, कार्कीले भने ।

नाडाका निराकार श्रेष्ठले व्यवसायी चौधरीको पक्राउप्रति आफु स्तब्ध भएको बताए । ‘हामीमाथि सरकारबाट लगातार धरपकड भइरहेको छ, यसलाई चाडै टुंग्याउनुपर्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL