Logo

एक महिनामै दुई अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सेवा क्षेत्रमा उच्च आकर्षण

एक महिनामै दुई अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सेवा क्षेत्रमा उच्च आकर्षण



काठमाडौं । चालु आर्थिक वर्षको पुस महिनामा मात्रै नेपालमा करिव २ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एक महिनाको अवधिमा नयाँ र पुराना गरी ३८ परियोजनामार्फत १ अर्ब ९८ करोढ ९५ लाख ८९ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । त्यसमध्ये २७ ओटा नयाँ परियोजनाका लागि भन्दै १ अर्ब ७२ करोड ५९ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा नेपालमै संचालित ११ परियोजामा एसपीए र एसएसएमार्फत २६ करोड ३६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिवद्धता आएको हो ।

laxmi

विभागका अनुसार यस अवधिमा आएको लगानी प्रतिवद्धतामध्ये सबैभन्दा बढी करिव ९.३३ प्रतिशत लगानी सेवा क्षेत्रमा आएको छ । होटल तथा पर्यटनलगायतको क्षेत्र पछिल्लो समय नेपालमा उर्वर हुँदै गएपछि यो क्षेत्रमा आउने विदेशी लगानी पनि बढेको सम्बद्ध पर्यटन व्यवसायीहरु बताउँछन् । खासगरी होटल, रेष्टुरेन्ट, कार्गो सेवालगायतका परियोजनाहरु यो क्षेत्रमा पर्दछन् ।

यस्तै यसै अवधिमा आएको कुल विदेशी लगानी प्रतिवद्धतामध्ये ८.३० प्रतिशत लगानी पर्यटन क्षेत्रमा आएको छ भने उत्पादनमुलक क्षेत्रमा पुसमा ४।१५ प्रतिशत लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । पुस महिनाकै कुरा गर्दा नेपालमा आउने विदेशी लगानीकर्तामध्ये १ सय ७६ लगानीकर्ताले विजनेश भिसा प्राप्त गरेका छन् । नेपालबाट पुसमा मात्रै नेपालमा संचालित विदेशी लगानीका कम्पनीबाट लगानीकर्ताले ८ करोड ३६ लाख रुपैयाँ लाभांस र करिव २३ करोड रुपैयाँ रोयल्टी फिर्ता लिएका छन् ।

६ महिनामा २६ अर्बको लगानी प्रतिवद्धता, साढे १ अर्ब फिर्ता

यस्तै चालु आवको पछिल्लो ६ महिना अर्थात गत साउनदेखि पुस मसान्तसम्म नेपालमा २६ अर्ब बढीको लगानी प्रतिवद्धता आएको छ । नयाँ र पुराना गरी २ सय ८५ परियोजनामार्फत २६ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । त्यसमध्ये नयाँ २ सय २६ परियोजनामार्फत २२ अर्ब ३३ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा नेपालमा संचालित पुराना परियोजनामा थप ४ अर्ब १ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।

यसै अवधिमा विदेशी लगानीकर्ताले नेपालमा संचालित परियोजनाबाट साढे १ अर्ब रुपैयाँ बढीको लगानी फिर्ता पनि लिएका छन् । उद्योग विभागका अनुसार उनीहरुले फिर्ता लिएको १ अर्ब ५३ कराेड लाभांस फिर्ता लिएका हुन् । पछिल्लो ६ महिनामा आएको लगानी प्रतिवद्धतामध्ये सबैभन्दा बढी ४५ प्रतिशत लगानी पर्यटन क्षेत्रमा आएको देखिन्छ भने सेवा क्षेत्रमा ३७ प्रतिशत लगानी प्रतिवद्धता आएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL